Websoft University

भुल्के क्षेत्रमा ३ सय ३४ जनाको दोश्रो पटक परिक्षण गरिएकोछ


श्याम राई, गाईघाट बैशाख २४ गते । रातो तारा डट कम,कोरोना संक्रमीत २८ जना भेटिएको भुल्के क्षेत्रमा ‘रिकन्फर्म गर्न बुधबार ३ सय ३४ जनाको दोश्रो पटक परिक्षण गरिएकोछ। 

जिल्ला स्वास्थ्य कार्यालय उदयपुरबाट खटिएको स्वास्थ्यकर्मीहरुको टोलीले त्रियुगा नगरपालिका–३ भुल्केस्थीत नुरी मस्जिद क्षेत्र बरीपरीबाट पुनः परिक्षणको लागि स्वाब संकलन गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

यस अघि परिक्षण गरिएको सबैको दोहो्याएर स्वाब संकलन गरि परिक्षणको लागि कोशी अंचल अस्पताल पठाईएको हो । कोरोना संक्रमीत भए नभएको प्रष्ट हुन् दोश्रो पटक परिक्षण गर्नु पर्ने सुवेदीले बताए ।

रिकन्फर्म गर्नको लागि पहिले चेक गरेका सबैको पुःन जाच गरिएको हो ।’ उनले भने । बैशाख ५ देखि ९ गते सम्म १२ भारतीय सहित २८ जना कोरोना संक्रमीत पुष्टी भएको भुल्के क्षेत्रलाई स्थानीय प्रशासनले सील गरेको छ ।

संक्रमीत भेटिएपछि मस्जिद आसपास छिमेकी, बस्ती र उनीहरुको स्वास्थ्य परिक्षण गर्न खटिएका स्वास्थ्यकर्मी तथा ट्राभल हिस्ट्री कन्टायाक्ट ट्रेसिङ खोजने सुरक्षाकर्मी सहित पहिलो चरणमा ३ सय ६२ जनाको स्वाब परिक्षण गरिसकेकोमा २८ जना संक्रमीत भेटिएको थियो ।

१ नम्बर प्रदेस सरकारबाट उपलब्ध गराईएको ३ सय ४० थान पिसिआर किट आए लगतै पुःन परिक्षण थालिएको हो । मुलूक भरीमै भुल्के क्षेत्र कोरोना प्रभावित क्षेत्र को रुपमा देखिएकोले सरकारले बढी सर्तकता अपनाएको छ ।
जनस्वास्थ्य प्रमुख सुवेदीले बुधबार मुस्लिम समुदायबाट २ सय ३८ र अन्य समुदायबाट ९६ जनाकोगरि कुल ३ सय ३४ जनाको स्वाब संकलनगरि विराटनगर पठाएको बताए ।

प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले दोश्रो पटकको परिक्षण रिपोर्टको आधारमा भुल्केलाई क्रमिक रुपमा खुला गरिदै लगिने बताए । संक्रमीत संख्या बढी भेटिएकै कारण विगत १८ दिनदेखि स्थानीय प्रशासनले भुल्के क्षेत्रमा गरेको सिल अझै हटेको छैन ।





                                                   


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.