Websoft University

नेपालमा पनि हावाहुरी, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना भएकाले सचेत हुन सबैमा अनुरोध


काठमाण्डौ जेठ ८ गते । रातो तारा डट कम,बंगालको खाडीमा विकसित अम्पुन नामक शक्तिशाली आँधी चक्रवातको प्रभावका कारण तीन दिन भित्र पश्चिमी क्षेत्रबाहेक देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङसहित वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखााका मौसमविद् वरुण पौडेलका अनुसार यसले विशेषगरी पूर्वी क्षेत्रमा बढी प्रभाव पारिरहेको छ । साथै काठमाडौंलगायत मध्य क्षेत्रमा पनि यसको बादल आइरहेको छ । विशेषगरी पूर्वी क्षेत्रमा आज गड्याङगुडुङ, चट्याङ र हुरीबतासहित मध्यमसम्म वर्षा हुने सम्भवना रहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो । पूर्वी क्षेत्रमा दिनभर नै मौसम अँध्यारो रहन्छ र काठमाडौंलगायत मध्य क्षेत्रका स्थानमा भने बीचबीचमा घाम पनि देखिने अनुमान मौसमबिदहरुले गरेका छन् । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.