Websoft University

सरकारको बिरूद्व भारतीय एजेन्ट काठमाडौँको मेरियट होटलमा-कुटनैतिक मर्यादा बिपरित भेटघाट सुरु ! यर्थत कुरा के हो,सरकारलाई जनता सोधैछन।


काठमाडौँ जेठ १३ गते । रातो तारा डट कम, नेपालले पछिल्लो समय लिपुलेक लिम्पियाधुरा छुटेको भाग समेटेर नेपालको पुरानो साबिक नक्शा नेपाल सरकारले जारी गरेपछि नेपाल भारतलाई टाउको दुखेको छ।

नेपालको अस्थिरताको मोैका छोपी तत्कालीन भारतिय बिदेश सचिव हालका परराष्ट्रमन्त्री सुप्रमनियाम जयसंकरले मधेसी नेता उकास्ने का गरेको आरोप लागेको र अहिले चुनाव नलडेका सिधै मन्त्री भएका जय संकरकै पालामा भारतीय सरकारले नक्सा यताउता बनाएको आरोप उनलाई जनताले लगाएका छन। जयसंकरले जहिले पनि नेपाल र नेपाली नेपाल  देशलाई उनलेे गलत दृष्टि बाट हेर्दै आएका छन

नेपालको एकातिर तराईमा एससपी लगाएर सीमा पिलर नेपाल तिर सारेको सारेइछ भने कालापानी क्षेत्र,दार्चुलाका विभिन्न भाग कब्जा  गर्ने  दाउमा अहिले भारत रहेकोपाइन्छ ।

नेपाल सरकारको यस कदमको नेपालीले खुलेरै तारिफ गरेसँगै अनेक अड्कलबाजी पनि काटिए । भारतीय नाकाबन्दी पुनः हुन सक्ने चर्चाभए पनि त्यो कुरा गलत हो।

पछिल्लो समय भारतका पुर्व सचिव तथा नेपालका लागि पुर्व भारतीय राजदुत श्याम शरण काठमाडौँको मेरियट होटलमा रहेको जानकारहरुले बताउन थालेका छन् । तर नेपालको गुप्तचर भन्ने संस्था प्रति जनताको आक्रोश पनि बढेकोछ, किन कि कुटनैतिक मर्यादा बिपरित यस्तो बेला भारतीय नेता लुसुलुसु अर्को देश नेपाल आएर बस्नु गलत हो। सत्य कुरा हो भने प्रम लाई थाहा छ कि छैन ।
अहिले लकडाउनको समयमा कुटनीतिक शक्तिको प्रयोग गरी नेपाल आएर  श्याम शरणले विभिन्न नेताहरुसँग भेटघाट सुरु गरेको पनि गांइगुइ हल्ला जनस्थर सम्म चल्न थालेको छ । यदि हो भने गलत हो सरकारले रोक्नु पर्छ। यो कुरा के हो सहि होकि होइन सरकारले आम नेपाली जनतालाई जानकारी गराउदा राम्रो हुने जानकार हरू बताउदैछन।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.