Websoft University

लागुऔषध सहित १ जना पक्राउ


सुनसरी, जेष्ठ १३ गते । रातो तारा डट कम,सुनसरीको धरान उप-महानगरपालिका-९ बाट ठुलो परीणामको लागुऔषध र नगद सहित १ जनालाई प्रहरी पक्राउ गरेको छ। 

आज दिउँसो साँढे २ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-९ बगैचा टोलबा  स्पास्मोप्रोक्सिवन प्लस १२८० क्याप्सुल, Nitrosun ३०० ट्याबलेट , DIALEX-DC 100 ML लेखिएको ८० बोतल नगद रु २,३७,०००/-  (दुईलाख सैतिस हजार) र मोवायल १ थान सहित स्थानीय ४१ बर्षीय शुभचन्द्र राईलाई पक्राउ गरेको हो । 

लागुऔषध र नगद सहित पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.