Websoft University

लकडाउनमा पत्रकारदेखि सेना प्रहरीसमेतको पोशाक दुरुपयोग–बिना काम हिडडुलमा निस्किएका सवारी साधाहरु प्रहरीले समाउनु पर्यो


काठमाण्डौ बैशाख २५ गते । रातो तारा डट कम,कोभिड–१९ अर्थात कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जेष्ठ ५ गतेसम्म जारी गरेको बन्दाबन्दीको समयमा भक्तपुर र बिराटनगर जस्ता ठुला शहरहरुमा सवारीसाधनमा म्याद गुज्रेका सवारी पास र बिभिन्न निकायको पोशाकको व्यापक दुरुपयोग भएको पाईएको छ ।

सवारी पास लिएका चारपाङ्ग्रे सवारी साधनको अगाडि सिसामा टाँसेको पास टाढैबाट देखेपछि रोकेर त्यसको म्यादसम्म नहेरी प्रहरीले पठाउने गरेपछि म्याद गुज्रेका र विशेष गरी अवकास लिइसकेका नेपाली सेना र प्रहरीले आफ्नो पुरानो पोशाक लगाएर यात्रा गर्ने गरेको प्रहरीको चेक जाचका क्रममा भेटिएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पोशाकको दुरुपयोग हुने गरेको गुनासो आएको जानकारी दिनुभयो । पत्रकारले प्रयोग गर्ने ज्याकेट समेत दुरुपयोग भक्तपुरमा बढेकाले जुन सञ्चारगृहमा काम गर्ने हो, सोही संचारगृहको नाममा सूचना विभागबाट परिचय पत्र लिएका पत्रकारलाई ओहोरदोहोर गर्न दिने माथिल्लो निकायबाट परिपत्र भएको जानकारी गराउदै उहाले आजदेखि जाचमा  थप कडाइ गरेको जानकारी दिनुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.