Websoft University
मोरङ बैशाख २५ गते । रातो तारा डट कम,सुन्दरहरैंचामा गठन भएको कोभिड १९ जोखिम पत्रकारीता समूहले नगरपालिका भित्र रहेका स्वास्थ्य संस्थाको अनुगमन गरेको
छ । उक्त समुहले बुधबार सुन्दरहरैंचा नगरपालिकामा रहेका चार वटा स्वास्थ्य चौकी एउटा प्राथमिक स्वास्थ्य केन्द्रको अनुगमन गरेको हो।

स्वास्थ्य शाखाका प्रमुख मचिन्द्र बस्नेत सहित गएको टोलिले सुन्दरपुर, दुलारी, मृगौलिया, इन्द्रपुर स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र हरैचाको अनुगमन गरेको हो । अनुगमनका क्रममा बिरामीहरु लकडाउनका कारण दैनिक दैनिक ३० देखि ३५को हाराहारीमा आउने गरेको पाइएकोछ।

लकडाउन शुरुहुनु भन्दा अगाडी भने यो संख्या दोब्बर रहेको थियो । तर लकडाउनका कारण स्वास्थ्य चौकिमा आउने संख्या पनि घटेको त्यहा ईन्द्रपुर स्वास्थ्य चौकिका प्रमुख लीला दाहालले बताए । सरकारले पर्याप्त मात्रामा स्वास्थ्य सामग्री पुर्याएको भनिए पनि केहि सामग्री भने स्वास्थ्य चौकिका कर्माछारीले अझ पाएका छैनन ।

स्वास्थय कर्मीलाई दैनिक चाहिने मास्क, पन्जा र पीपीइ पर्याप्त नभएकाले जटिल खालका विरामीलाई हेर्दा मात्र पीपीइ सेट लगाउने गरेको पाइएको छ । स्वास्थ्य चौकिमा औसाँढेएको अभाव नरहेता पनि केहि अत्यावस्यक औषधि समेत नभएको भेटिएको छ । अहिले सबै स्वास्थ्य संस्थामा बिदाको दिन पनि सेवा प्रवाह गरेको त्यहा कार्यरत स्वास्थ्यकर्मीले बताएका छन ।
अनुगमन गरिएका ५ वटा स्वास्थ्य चौकिमा यस्तो भेटियो:-
प्रथमिक स्वास्थ्य केन्द्र हरैचा
वर्थिङ सेन्टर, ओपिडी, खोप सेवा, परिवार नियोजनको सेवा संचालन गर्दैआएको प्रथामिक स्वास्थ्य केन्द्र हरैचामा लकडाउनको समयमा दैनिक ३५ देखि ४५ जना सम्म विरामी आउने गरेको सिएम अधिकृत देवजी यादवले बताए ।

यसैगरी धेरै विरामी मौसमी ज्वरो, रुघा खोकी, छालाको रोग हुनेहरु र गर्भवति महिलाहरु आउने गरेको बताए । कोरोनाको महामारी देखा परे पछि सरकारले यसलाई रोकथामका लागि लकडाउन गरे यता नागरिकहरुमा सचेतना बढेको, नागरिकहरु पनि आफै अतर्क हुन थालेको र साबुनपानीले हातधुने बानीको बिकास आएको र यसले गर्दा अन्य रोगका संक्रमणहुने अवस्थामा कमी आएको यादब बताउछन् ।

२० जना कर्मचारी रहेको स्वास्थ्य संस्थामा पीपीइ सेट पर्याप्त नभएकाले जटिल प्रकारका विरामीलाई हेर्दा मात्र त्यो प्रयोगमा ल्याउने गरको समेत उनी बताउछन् । यस्तै विदेशबाट आएका व्यक्तिलाई स्वास्थ्य संस्थाले निग्रानीमा राखिरहेको जनाएकाछन् ।

महिला स्वयम सेविकाहरुलाई विदेशबाट आउने व्यक्तिको परिवार संग सम्पर्कमा रहन भनिएको र कुनै लक्षण देखिएमा तुरुन्त स्वास्थ्य परिक्षण गर्ने उनको भनाइ छ ।
यति भनिरहदा उनी भन्छन् अहिलेको अवस्थामा झाडापखाला लाग्दा खाने जिबनजल भने पर्याप्त नभएको बताए ।
इन्द्रपुर स्वास्थ्य चौकी
यस कार्यालयमा हामी पुग्दा स्वास्थकर्मीहरु बाहिर डेक्स राखेर सेवा प्रवाह गरीरहेका थिए । उनीहरु कसैले पनि पीपीइ सेट भने प्रयोग गरेको देखिएन सुरुमा हाम्रो प्रश्न यही रयो खै पीपीइ सेट लगाउनुभएन ? यति भन्ना साथ स्वास्थ संस्थाका प्रमुख लिला दाहालले यो क्षेत्रमा कसैलाई कोरोना देखा नपरेको र अहिले भन्दा पछिका दिनमा जटील अवस्था देखा परे लगाउन चाहिने भएकाले प्रयोग नगरेको बताए ।

यति भन्दै उनी थप्छन् हामीले विरामीको अवस्था हेरेर लकडान सुरुभए यता कुनै विरामीलाई अन्य क्षेत्रमा रेफर नगरेको र सबैखालको चेकजाँच गरेर पठाउने बताए । पहिलो चरणमा आउने विरामीलाई साबुन पानीले हात धुन लगाउने र सेनिटाइजर प्रयोग गरेपछि हेड गनले ज्वरो चेक गर्ने गरेको बताए ।

यसैगरी औषधिको कुनै अभाव नभएको जनाएका छन् । यो समयमा २० देखि २५ जनाको हाराहारीमा बिरामीहरु आउने गरेका छन । यो समयमा अन्य दिन भने ६० देखि ७० जना सम्म बिरामी आउने उनी बताउछन् ।लकडाउनमा जटिलप्रकारका औधनिलाई विरामीको पहुँचमा पुर्याउन टिभीका बिरामीलाई १ महिनाको , गर्भवती महिलालाई २ महिनाको र परिवार नियोजनका साधन ३ महिनालाई पुग्ने गरि दिएर पठाउने गरेकाले बिरामीको चापमा कमि आएको बताए । हाल यस कार्यालयमा १० जना कर्मचारीले सेवा प्रवाह गरिरहेका छन् ।

मृगौलिया स्वास्थ्य चौकी
वडा नम्बर २ मा रहेको यो स्वास्थ्य चौकीमा हामी पुग्दा स्वास्थ्यकर्मीले बिरामी २ जना महिलाहरु नानि लिएर आएको र उनीहरुको स्वास्थ्य परिक्षण गरिरहेका थिए । जसमा एकजना महिला स्वास्थ्यकर्मीले पीपीइ सेटलगाएर बिरामीलाई केहि भनिरहेकी थिइन् ।त्यसपछि मृगौलिया स्वास्थ्य चौकी प्रमुख माधब रेग्मी संग हामीले स्वास्थ्य अवस्थाका बारेमा केहि प्रस्न गर्यौँ । प्रमुख रेग्मीले लकडाउनको समय भन्दा अगाडी ५० देखि ६० जनाको स्वास्थ्य परिक्षण गर्ने गरेको र हाल भने त्यो संख्या घटेर ३० देखि ३५ मा सिमित रहेको बताए ।

यसैगरी उनले यो संस्थामा प्रयोगशाला सेवा उपलब्ध नभएको र प्रयोगशालाका लागि सामग्री खरिद गरेको त्यो संचालन गर्न जनशक्ति नभएकै कारण यो सुचारु गर्न नसकेको गुनासो गरे ।प्रयोगशालाका लागि ६ महिना अघि ल्याइएको केमिकल समेत संचालन नभइ नष्ट हुने अवस्था आएको बताए । अन्य सबै सेवाहरु संचालन गरिरहेको समेत बताए । लामुसमय संम्म औषधि सेवन गर्ने खालका विरामीले भने १ महिना पुग्ने गरी लैजाने गरेको उनी बताउछन् ।स्वास्थ्य सामग्री पर्याप्त नभएको भएका सामानलाई जतनका साथ दुखसुख काम चलाइरहेको बताए । बैशाख महिनामा खोप सेवा संचालन गर्न नसकेको र यसलाई जेठ ६ गते देखि संचालन गर्ने उनले
बताए । यसकालाई दुरी कायम गरी दैनिक ३० जनालाई खोप लगाउने बताए ।

दुलारी स्वास्थ्य चौकी
यो कार्यालयमा हामी प्रदेश गर्ने साथ युनिसा दाहाल १ महिनाको नानि काखमा च्यापेर स्वास्थ्य चौकीको गेट भित्र प्रबेस गरिन् । गेट नजिकै राखिएको साबुनपानीले नानीबोक्दा असहज भएपनि हात धुन हिच्कीचाइनन यसले नागरिक केहि सचेत भएको प्रष्ट देख्न सकिन्थ्यो ।

यसपछि हामीले दुलारी स्वास्थ्य चौकीका प्रमुख बाबुराम आचार्यलाई कसरी सेवा प्रवाह गर्नुभएको छ लकडाउनको समयमा कति बिरामी आउछन् जस्ता प्रस्न गर्यौ, उनले भने हामीले दैनिक ३० देखि ४० जना जतिको स्वास्थ्य परिक्षण गर्दै आएका छौ ।

उनीहरु टिभी, परिवार नियोजनका साधन लिन आउने सहतिका नागरिक हुन् । यो संस्था पनि अन्य जस्तै शनिबार पनि खुल्ला हुने गरेको छ । यो संस्थामा पीपीइ सेट लगाएर स्वास्थ्य परिक्षण गरेको देखिएको छ । स्वास्थ्य संस्थाबाट हुने सबै प्रकारका विरामीको उपचार गर्ने गरेको प्रमुख आचार्यले बताए ।

सुरुका दिनमा पालैपालो बसेर सेवालीन आउनुहोस् भन्दा अप्ठारो मान्ने थियो । तर अहिले आएर सबै सचेत दिएको र कसैले कसैलाई छुन नहुने भन्ने बुझेकाले यो रोग फैलन नागरिक पनि सचेत देखिएको प्रमुखले बताए ।

सुन्दरपुर स्वास्थ्य चौकी
कोभिड १९ जोखिम पत्रकारको टोलि यो कार्यालयमा पुग्यो हेर्दा मकै बारी भित्र लुकेको स्वास्थ्य कार्यालयमा स्वास्थ्यकर्मीहरु बिरामी आउलान् कि भनेर परिक्षण गर्न पिपीइ सेट लगाएर तयारी अवस्थामा थिए ।

यहाँबाट पनि सबै सेवा प्रवाह गरीरहेको पाइएको छ । स्वास्थ्यकर्मी देवी न्यौपानेका अनुसार अहिले १५ दिन देखि थर्मलगनबाट ज्वरो चेक गर्नथालेको र अन्य स्वास्थ्य चौकीबाट प्रबाह हुने सेवामा कुनै कमि हुन नदिन विदाको दिनमा समेत काममा खटिएको बताइन् । लकडाउनको समयमा यस संस्थमा पनि बिरामीको चाप कम भएको उनी बताउछीन् ।

स्वास्वास्थ्य शाखा प्रमुख बस्नेतले अहिले पर्याप्तमात्रामा स्वास्थ्य सामग्री बितरण गरेको दावी गरेका छन । यसैगरी लकडाउनको समयमा प्रत्येक दिन सेवा प्रवाह गर्न भनिएको र त्यो भइरहेको बताए । विदेश वा अन्य क्षेत्रबाट आएका व्यक्तिको लगत संकलनका लागि महिला स्येमसेबीकालाई खटाइएको स्वास्थ्य शाखा प्रमुख मचिन्द्र बस्नेत बताए । अहिले सम्म विदेशबाट आएको महिला १ सय ३१ जना, पुरुष ३ सय ५१ जना गरी कुल ४८२ जना रहेको उनले बताए ।

यसैगरी नेपालको अन्य क्षेत्रबाट यो नगरपालिकामा आउनेको संख्या २४२ जना, ४६३ जनालाई घरमा बस्न अनुरोध गरीएको र उनीहरुलाई स्वास्थ्य परामर्श दिएर स्वास्थ्य कर्मीको निग्रानीमा राखेको उनले बताए ।

यस मध्ये १९ जनालाई क्वारेन्टाइनमा राखिएको उनको भनाइ छ । २३ गते सम्ममा जम्मा १४१ जनाको आरडीटी परिक्षण गरिएको र सबैको नेगेटीभ आएको समेत स्वास्थ्य शाखा प्रमुख बस्नेत ले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.