Websoft University

कतार च्यारिटीद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण


विराटनगर वैशाख २५ गते। रातो तारा डट कम,प्रदेश १ सरकारलाई कतार च्यारिटी नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । 

कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीका लागि विभिन्न स्वास्थ्य सामाग्रीहरु च्यारिटीले आज सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सो स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो । स्वास्थ्य सामाग्री ग्रहण गर्दै मन्त्री घिमिरेले संकटको समयमा सवैको सहयोग आवस्यक रहेको बताउनुभयो । 

उहाँले संकटको समयमा स्वास्थ्य सामाग्री प्रदान गरेकोमा धन्यवाद दिनुभयो । कतार च्यारिटीले व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) ३ सय थान, आईआर थर्ममिटर २५ ओटा, मास्क, ग्लोब्स लगायत गरि ५ हजार १ सय २५ थान सामाग्री हस्तान्तरण गरेको परियोजना व्यवस्थापक इर्साद अलिशेखले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.