Websoft University

लायन्सको पाँचदिने वेविनार शुरु


विराटनगर, ३१ वैशाख । रातो तारा डट कम, लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानले कोभिड १९ को महामारीकोवीचमा पनि विभिन्न सेवाहरुलाई निरन्तरता दिएको छ । चुनौतीपूर्ण समयमा पनि क्लवले सेवासँगसँगै  विभिन्न अन्र्तक्रियाहरु अघि बढाएको जनाएको छ । डिष्ट्रिक ३२५ एवानको आयोजनामा ५ दिने वेबिनार शुरु भएको छ । 

लायन्स क्लव विराटनगर सेन्ट्रलको समन्वयमा अन्तर्राष्ट्रिय रुपमा भिन्न पाँच शिर्षकमा पञ्च अनुभुति  विशेष तालिमको शुरुवात भएको लायन्स क्लव विराटनगर सेन्ट्रलका अध्यक्ष सन्दीपदास श्रेष्ठले बताउनुभयो । मे ११ देखि १५ चल्ने तालिममा ५ जनाले सिकाई अनुभव प्रस्तुत गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार लायन्स क्लब अन्तर्राष्ट्रियका निर्देशक सञ्जय खेतान, लायन्स एलसीआईपीबाट दिक्षित एडि भमनकुमार, डा.सन्देशदास श्रेष्ठ, पंकज मेहता र लायन्स अन्तर्राष्ट्रियका पुर्व निर्देशक  एपी सिंहले सहजीकरण गर्नुहुनेछ । अनलाइन मिटिङ प्लेटफर्म जुम मार्फत संचालित सो तालिम नि ः शुल्क रहने र सबैक्षेत्रका व्यक्तिहरुले सहभागिता जनाउन सक्ने लायन्स क्लव विराटनगर सेन्ट्रल का अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

हरेक दिन अपरान्ह ४ वजेदेखि साँझ साढे ५ वजे सम्म सञ्चालन हुने सो तालिमवाट नेपाल भरीका लायन्सहरुले केही नया जानकारी प्राप्त गर्ने र लकडाउनको समयको सदुपयोग गर्दै आफ्नो ज्ञानको दायरा फराकिलो पारी एक आपसमा भातृत्वको विकास गराउन सघाउ पु¥याउने विश्वास आफूले लिएको लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए वानका गभर्नर इन्द्र खत्री (राजन) ले जानकारी दिनुभयो । वेविनारको लायन्स क्लव डिष्ट्रिक ३२५ ए वानको अफिसियल फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रसारण गर्ने गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.