Websoft University

गोर्खा वेल्फेयर ट्रष्टद्धारा विपीमा स्वास्थ्य सामाग्री हस्तान्तरण


विराटनगर, ३१ वैशाख । गोर्खा वेल्फेयर ट्रष्ट नेपालले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई  ५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि ट्रष्टले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई ४ वटा ह्याण्ड वास पोइन्ट सहित विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको एरिया वेल्फेयर सेन्टर धरानका प्रमुख सिनियर एरिया वल्फेयर अफिसर पूर्णप्रसाद लिम्वुले बताउनुभयो । विपी प्रतिष्ठान धरानलाई  एन ९५ मास्क, आईआर थर्ममिटर, मेडिकल गाउन, सर्जिकल मास्क, ग्लोब्स, सेनिटाईजर लगायतका ५ लाख १० हजार ५ सय ३१ रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको लिम्बुले बताउनुभयो । डिफ्आईडीको आर्थिक सहयोगमा विभिन्न स्वास्थ्य सामाग्रीहरु प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई हस्तान्तरण गरिएकाथियो ।
 ...............................



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.