Websoft University

मोरङको पथरीमा ठूलो परिणाममा भेटिएको म्याद गुज्रिएको वस्तु अनुगमन टाेली द्वारा नष्ट !


शिव भट्टराई,मोरङ बैशाख ३१ गते । रातो तारा डट कम,
अहिले बजारमा कालोबजारी बढे सँगै कृत्रिम अभाव तथा महंगी, म्याद गुजिरिएका मानव स्वास्थ्यसंग असर पर्ने बस्तु बिक्रि गरिएको गुनासो आइरहदा दैनिकरुपमा अनुगमन भइरहेको छ।

मोरङको विभिन्न ठाउँमा बजार अनुगमनलाई निरन्तरता दिएको घरेलु तथा साना उद्योग कार्यलय विराटनगरको संयोजकत्वमा, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण  कार्यालय विराटनगर, औषधि व्यवस्था कार्यालय विराटनगर, पब्लिक फोरम विराटनगर र स्थानिय प्रतिनिधि साथै  स्थानीय प्रशासन सहितको टोलीले पथरी नगरपालिकामा बजार अनुगमन गरेको हो ।

उपभोक्ताको स्वास्थ्यमा खेलवाड नगर्न, गुणस्तरीय बस्तु सहज आपूर्ति गर्न बिल बिजक सहित मूल्य सुची राखेर बिक्रि वितरण गर्न बारम्बार सचेत गराए पनि कतिपय ठाउँमा कार्यान्वन भने  देखिएको छैन। 

संयुक्त बजार अनुगमन टोलीले बुधबार पथरी नगरपालिका भरी रहेका पसल , श्री कृष्ण ट्रेडर्स, आशिष किराना पसल ,ईश्वर फार्मेसी औषधि पसल, जय भवानी आधुनिक चामल उद्योग लगायत पसलमा अनुगमन गरेको छ।

श्री कृष्ण ट्रेडर्सले अनुचित ब्यापरिक तथा ठगी गरेको क्रियाकलाप गरिएको, बिक्री गर्न नहुने अत्याधिक परिमाणमा म्याद गुजिरिएको दैनिक उपभोगीय बस्तु  ,खाने तेल, कोल्ड ड्रिंक्स, बिस्कुट, निर,चाउचाउ , निहार तेल, चकलेट,बेसार लगायतका बस्तु म्याद गुज्रिएको  फेला परेको छ।

उक्त पसलमा अहिले सम्मकै अनुगमन को क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएको वस्तु भेटिएको र
उक्त पसललाई ७ दिन भित्र कार्यलयमा झिकाई कारवाही अगाडि बढाइने घरेलु तथा साना उद्योग कार्यलय विराटनगरका प्रमुख उद्योग अधिकृत गोकुल केसीले बताएका छन् भने उनले अनुगमन गर्दा दैनिक उपभोग्य वस्तुको अभाव नगर्न , रेट कायम गरी हालको समयलाई मापदण्ड गरेर बिक्री वितरण गर्न आग्रह गरेका छन्।

बजार अनुगमनको क्रममा आशिष किराना पसलमा पेय पदार्थ कोक, फेन्टा साथै म्याद गुजिरिएको दैनिक उपभोग्य वस्तु भेटिएको छ र जय भवानी आधुनिक चामल उद्योगमा अनुगमन गर्दा उत्पादन मिति नभएको, खाद्य तथा गुण नियन्त्रण कार्यालयको अनुमति नलिई पसल सञ्चालन गरेको भेटिएको छ।त्यसैगरी म्याद गुज्रिएका बस्तु भने संयुक्त बजार अनुगमन टोलीले नष्ट गरेका छन्। 

यसरी पथरी शनिश्चरेमा गरिएको अनुगमनमा ठूलो परिणाममा म्याद गुज्रिएको बस्तु भेटिदा उपभोक्ता  सचेत हुन जरुरी छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.