Websoft University

तोकेकै दरमा किसानलाई मल उपलब्ध हुने


काठमाण्डौ बैशाख २७ गते । रातो तारा डट कम,सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले किसानलाई अनुदानमा रासायनिक मल वितरण गर्न सरू गरेको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार हेलम्बु गाउँपालिकाका सबै वडाका कृषकले आ–आफ्नो वडा कार्यालयमा सम्पर्क गरि आवश्यकता अनुसार अनुदानको रासायनिक मल लिन सक्नेछन् । यसअघि कृषि उत्पादन बढाउन कृषकलाई रासायनिक मल ढुवानीका लागि अनुदान दिने निर्णय भए अनुसार मल उपलब्ध गराउन लागिएको उहाँले बताउनुभयो । अध्यक्ष शेर्पाका अनुसार नेपाल सरकारको रासायनिक मल वितरणको जिम्मा पाएको साल्ट ट्रेडिङ कम्पनी तथा कृषि सामग्री कम्पनी लिमिटेडले तोकेकै दर रेटमा हेलम्बुका किसानले मौसम अनुसारको मल पाउने छन् । स्थानीय सहकारीमार्फत् युरिया मल प्रतिबोरा ८ सय ५० र डिएपी मल प्रतिबोरा २३ सयमा वडा वडामा  वितरण गरिने शेर्पाले जानकारी दिनुभयो । कृषी उत्पादनमा वृद्धि गरि किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले रासायनिक मलमा अनुदानको कार्यक्रम ल्याइएको शेर्पाको भनाइ छ । रासायनिक मलमा अनुदानको अलावा आगामी वर्षदेखि कृषकलाई मल बीउ आदि सहुलियत दरमा उपलब्ध गराउने सहकारीलाई गाउँपालिकाले बीउ पुँजीको समेत व्यवस्थापन गरिदिने उहाँको भनाइ छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.