Websoft University

रोजगारदाताले एकतर्फी करारपत्र रद्द गर्न नमिल्ने–पूर्व श्रममन्त्री विष्ट



काठमाण्डौ बैशाख २७ गते । रातो तारा डट कम,पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको करारपत्र एकतर्फी रुपमा रोजगारदाताले रद्द गर्न नमिल्ने बताउनुभएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न चालिएको कदमबाट आर्थिक रुपमा धराशयी भएको भन्दै खाडीमा रहेका कम्पनीले एकतर्फी रुपमा करारपत्र रद्द गर्न थालेका छन् । प्रतिनिधि सभाका सदस्य समेत रहनुभएका पूर्वमन्त्री विष्टले महामारीका समयमा एकतर्फी रुपमा करारपत्र रद्द गर्ने कार्य श्रमिकमाथिको अधिकार हनन भएको बताउनुभयो । उहाँले यतिबेला वैदेशिक रोजगारीमा क्रममा रहेका कतिपय नेपाली श्रमिक जोखिममा परेको भन्दै करार अवधि सकिएर स्वदेश फर्कने क्रममा रहेका, अलेखबद्ध, आममाफीमा भाग लिएका र भिजिट भिसाको म्याद सकिएका कामदारलाई तत्काल खाने र बस्ने समस्याको व्यवस्थापन गर्न आग्रह पनि गर्नुभएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.