Websoft University

व्यवसाय बन्द गर्दै भक्तपुरका महिला उद्यमी


काठमाण्डौ बैशाख २७ गते । रातो तारा डट कम,कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको बन्दाबन्दी लम्बिएपछि भक्तपुरका उद्यमी महिलाहरुले आफ्नो व्यवसाय बन्द गर्न थालेका छन् ।

सरकारको ४२ थरिका उद्योग सञ्चालन गर्ने निर्णयभित्र नपरेको ब्युटीपार्लर तथा सिलाइबुनाइ सञ्चालन गर्दै आएका महिला उद्यमीले आफ्नो उद्यम तथा व्यवसाय बन्द गर्ने प्रक्रियामा जुटेका छन् । उनीहरुले आफ्नो उद्यम तथा व्यवसाय घरेलु तथा साना उद्योग कार्यालयमा विधिवत दर्ता गरेका छन् ।

सरकारी कार्यालय नखुलेपछि उनीहरुले जिल्लास्थित भक्तपुर घरेलु तथा साना उद्योग संघमा गएर आफ्नो उद्यम तथा व्यवसाय बन्द गर्ने प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जतीले घरेलु कार्यालयमा दर्ता गरेर ब्युटीपार्लर र सिलाइबुनाइ सञ्चालन गर्दै आएका महिला संघमा व्यवसाय बन्द गरिदिन आग्रह गर्दै संघमा आएको बताउनुभयो ।

उहाँले सरकारी कार्यालय बन्द भएकाले संघमा दैनिकजसो महिला आफ्नो उद्यम तथा व्यवसाय बन्द गर्ने प्रक्रिया अघि बढाइदिन आउने गरेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार एकसयभन्दा बढी महिला उद्यमी आ–आफ्नो उद्यम तथा व्यवसाय बन्द गर्ने प्रक्रियामा आएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.