Websoft University

लकडाउनका कारण सबैभन्दा धेरै समस्यामा परका छन श्रमिक



काठमाण्डौ बैशाख २३ गते । रातो तारा डट कम,पर्साको वीरगञ्ज महानगरपालिका १५ का ३५ वर्षका गीता भण्डारी बाराको जितपुरमा रहेको एक आल्मुनियम उद्योगमा कामगर्नुहुन्छ । उहाँले चैत्र महिनाको १० दिन काम गर्नुभयो । ११ गतेदेखिको लकडाउनले उहाँको काम मात्र बन्द भएन तलब पनि रोकियो । 

उहाँले दुखेसो गर्दै सुनाउनुभयो । “एक महिनासम्म त खुल्ला, अलिकति फितलो होला भन्ने आशा गरेर चित्त बुझाएको थिएँ, अब यो कति लम्बिन्छ भन्ने एकातिरको चिन्ता छ भने अर्कोतिर तलव पनि पूरा पाउने हो कि होइन भन्ने चिन्ताले पिरोलिरहेको छ ।” ललितपुर महानगरपालिका १५ घर का अरुण चौलागाई पनि मेकानिकल कम्पनीमा काम गर्नुहुन्छ । 

उहाँ काम गर्ने कम्पनीले भने यति मात्रै सकिन्छ भनेर चैतमा आधा तलव मात्र दिएको छ । “मैले त अहिले ५० प्रतिशत तलब मात्र पाएको छु, कम्पनीको कार्यालय नै बन्द भइसकेपछि बैँक खातामा कार्यालयले पठाउनसक्ने कुरा भएन, त्यसैले नगदै निकालेर ५० प्रतिशत तलब मात्र सबै श्रमिकले पाएको छौँ ।” समग्र उद्योग ट्रेट युनियन नेपाल ह्रवीनले औद्योगिक क्षेत्र धेरै रहेका पाँचवटा प्रदेशका दुइ सय १९ वटा उद्योग प्रतिष्ठानले गरेको सर्वेक्षण अनुसार ३० प्रतिशत उद्योग प्रतिष्ठानले मात्र चैत महिनाको पारिश्रमिक दिएका छन् ।

 ७० प्रतिशत अर्थात करिव दुई लाख ३५ हजार पाँच सय जनाले चैत महिनाको तलब पाउन सकेका छैनन् । प्रदेश एकका ७ प्रतिशत, प्रदेश दुईमा ५ प्रतिशत, बागमती र गण्डकी प्रदेशमा ८८ प्रतिशत र पाँच नम्बर प्रदेशमा शत प्रतिशत श्रमीकले चैत महिनाको तलब नपाएको ह्रीवनका अध्यक्ष आनन्द थामीले सीआइएनलाई जानकारी दिनुभयो । 

उहाँका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा श्रमीक कम भएकाले त्यहाँ सर्वेक्षण गरिएन । सरकारले चैत महिनाको तलब सबै श्रमीकलाई उपलब्ध गराउन निर्देशन दिइसक्दासमेत उद्योग प्रतिष्ठानले किन कार्यान्वयन नगरेको हो ? उद्योग बाणिज्य महासंघ अन्तरगत रहेको रोजगारदाता परिषद्का सदस्य दीपक श्रेष्ठले भन्नुभयो ।

 “सक्ने रोजगारदाताले चैत महिनाको तलब दिनुहोला भनेर हामीले सबै रोजगारदाता कम्पनीलाई भनेका छौँ । तर समय र परिस्थितिले गर्दा दिन चाहाने रोजगारदाताले भने दिन नसकेको पनि हामीलाई सुनाएका छन् । किन भने सबै बैँकहरू खुला नभएको र भएको नगद पनि बैँकले कर्जाको व्याजमा तानिसकेको भन्ने पनि आएको छ ।” सरकारको काम निर्णय गर्ने मात्र हो कि कार्यान्वयनमा पनि गराउने हो ? भन्ने सीआइएनको प्रश्नमा श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशक सनत केसीको जवाफ छ ।

 “हाम्रा सात वटै प्रदेशका श्रम कार्यालयलाई विभागले पत्र पठाएर कोही श्रमीकले चैत महिनाको तलब नपाएको भए सम्बन्धित व्यक्तिको गुनासो सुनेर रोजगारदातालाई सम्झाइबुझाइ गर्नु भनेका छौँ । त्यति गर्दा पनि नदिएको अवस्थामा उनीहरूको गुनासो टिपोट गरेर कुन प्रतिष्ठानको कुन श्रमिकले तलब पाएन, विभागमा जानकारी गराउनु भनेर परिपत्र गरेका छौँ ।”

 श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार नेपालमा ६ हजार एक सय ४७ उद्योग प्रतिष्ठानमा तीन लाख ३६ हजार तीन सय ८५ श्रमिक काम गरिरहेका छन् । आउने कामको अन्यौल र गरेको कामको तलब नआउँदा उनीहरु सबै चिन्तामा परेका छन् । लकडाउनका अर्थात बन्दाबन्दी भएको ४० दिन बितेकोछ । लकडाउनबाट सबैभन्द बढी श्रमिक प्रभावित भएका छन् । यसैलाई मध्येनजर गरेर सरकारले रोजगारदातालाई चैत महिनाको तलव उपलब्ध गराउन निर्देशन दियो । तर कार्यान्वयनमा भने आउन सकेको छैन ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.