Websoft University

होटल सङ्घले होटलहरू ६ महिना बन्द गर्ने निर्णय गर्यो


काठमाण्डौ बैशाख २२ गते । रातो तारा डट कम,कोरोनाका कारण ठूला होटलहरू ६ महिना बन्द हुने भएका
छन् । होटल सङ्घ नेपालका अध्यक्ष सिर्जना राणाले यही वैशाख १ गतेदेखि लागु हुने गरी ६ महिना होटल बन्द गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

सङ्घले कोभिड १९ का कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै असोज मसान्तसम्म होटल बन्द गर्ने निर्णय गरेको हो । गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले होटलमा कार्यरत मजदुरको लकडाउन अवधिभरिको तलबमध्ये ५० प्रतिशत रकम तुरुन्तै भुक्तानी गर्नुपर्ने र बाँकी ५० प्रतिशतका लागि बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिन सक्ने निर्णय गरेको थियो । 

उक्त निर्णय सार्वजनिक भएको दोस्रो दिनमै हिजो व्यवसायीहरुले होटल बन्द गर्ने निर्णय गरेका हुन् । सङ्घले कर्मचारीलाई ६ महिनासमम्म आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकम मात्रै दिने निर्णय पनि गरेको छ । कर्मचारीले त्यस्तो तलब लिन नमाने जागिरबाट हटाउने निर्णय पनि सङ्घले गरेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.