Websoft University

जनप्रतिनिधिको सुविधा ‘कोरोना व्यवस्थापन कोष’मा हुने



काठमाण्डौ बैशाख २३ गते । रातो तारा डट कम, सिन्धुपाल्चोकको इन्द्रावति गाउपालिकाका जनप्रतिनिधिले एक महिनाको सेवासुविधावापतको रकम स्वेच्छिक रुपमा “कोभिड १९ सक्रमण रोकथाम तथा उपचार कोष”मा जम्मा गर्ने भएकाछन् ।४६ औं गाउँकार्यपालिकाको बैठकले यो निर्णय गरेको हो । गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङ र उपाध्यक्ष मिरा लामा अधिकारी सहित १२ वटै वडाका वडाध्यक्ष तथा सदस्यले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको जनाइएको छ ।

गाउँपालिकाभित्र कार्यरत शिक्षक तथा कर्मचारीको हकमा अधिकृतस्तरकाले पाँच र अन्यले तीन दिनको तलब स्वतःस्फूर्त रुपमा पालिकाले स्थापना गरेको कोषमा जम्मा गर्ने निर्णय भएको अध्यक्ष तामाङले जानकारी दिनुभयो । कोषमा जम्मा हुने रकम कोरोना भाइरस नियन्त्रणका लागि आवश्यकताका आधारमा खर्च गरिने गाउँपालिकाले जनाएको छ ।

बैठकबाट गाउँपालिकाका विभिन्न विषयगत समितिहरुमा पुनराबलोकन गरी सदस्यहरुको पुर्णता दिनुका साथै सामुदायिक विद्यालयहरुमा छिटो र छरितो माध्यमबाट विद्यार्थिहरुलाइ पाठ्यपुस्तक उपलब्ध गराउन आवश्यक सहजिकरण गर्ने निर्णय भएको छ ।

 इन्द्रावति गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, खाद्य तथा पोषण सुरक्षा आयोजना संगको समन्वय र सहकार्यमा गाउँपालिका भित्रका सम्पुर्ण कृषकलाइ धरातलिय दृष्टिकोणले उपयुक्त स्थानहरुमा नेपाल सरकारको सिफारिसमा गरेका बर्षा याममा लगाउन मिल्ने उन्नत जातको खाद्यन्न तथा तरकारी बालीको बिऊ बिजन समेत वितरण गर्ने ब्यबस्था मिलाएको गाउँपालिकाका प्रमुख प्रशासकिय उधिकृत श्रीकृष्ण पौडेलले जानकारी दिनुभयो ।  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.