Websoft University

नागढुङ्गामा आज देखि काठमाण्डौ जाने गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किने


काठमाण्डौ बैशाख १९ गते । रातो तारा डट कम,काठमाडौंको मुख्य नाका नागढुङ्गामा आधुनिक डिस्इन्फेक्सन अर्थात निःसङ्क्रमण टनेल निर्माण भएको छ । यो बाटो हुदै, काठमाडौंमा कोरोना भाइरस नभित्रियोस् भन्ने उद्देश्यले सवारीसाधनलाई निःसङ्क्रमण गर्न टनेल बनाइएको हो । टनेलको परीक्षण गरिसकिएकोले सो को आज उद्घाटन गर्ने बताइएकोछ । काठमाडौंमा बिजुली बस चलाइरहेको सुन्दर यातायात प्रालिले आफ्नै खर्चमा यस्तो टनेल निर्माण गरेको हो । संघीय सरकार र चन्द्रागिरी नगरपालिकाबाट अनुमति लिएर ‘डिस्इन्फेक्सन टनेल’ बनाइएकोले औपचारिक उद्घाटन भए पछि नियामित प्रयोगमा आउने कुरा सुन्दर यातायात समितिका अध्यक्ष भेषबहादुर थापाले जानकारी गराएकाछन । टनेल सञ्चालन स्थानीय प्रहरीले गर्ने सहमति भएको छ । काठमाडौं भित्रिने सवारीसाधन यही टनेलमार्फत गुड्नुपर्ने छ । टनेलभित्र प्रवेश गर्दा गाडीको बाहिरी भागमा भाइरस मार्ने औषधि छर्किने व्यवस्था गरिएको छ । जसले गर्दा कोरोना भित्रिन रोक्न मद्दत पुग्ने विश्वास गरिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.