Websoft University

आवश्यक खाद्यान्न तीन महिना पुग्ने सञ्चित छः–नेपाल सरकार


काठमाण्डौ जेठ ४ गते । रातो तारा डट कम,सरकारले अझै तीन महिनालाई पुग्ने खाद्यान्न सञ्चित रहेको जनाएको छ । कोरोना भाईरस अर्थात् कोभिड १९ महामारीका बीचमा पनि खाद्यन्न आपूर्तिमा कुनै समस्या नरहेकाले खाद्यन्न सञ्चित गर्न सकिएको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको भनाई छ । व्यापारीहरुसँगको मौज्दात र आपूर्तिको अवस्था हेर्दा, तीन महिनाका लागि कुनै समस्या नहुने र त्यसपछि पनि आपूर्ति व्यवस्था सहज रुपमै संचालन हुने उद्योग बाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले सीआर्ईएनसँग बताउनुभयो । साथै सरकारले खाद्यबस्तुसँग सम्बन्धित उद्योगहरु पनि सञ्चालन गरिने जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.