Websoft University

२५ वर्षिय एक युवा पत्रकारलाई शनीबार उपचारको लागि कोशी कोरोना विशेष अस्पताल लगियो


श्याम राई-उदयपुर,गाईघाट, जेष्ठ ३ गते । रातो तारा डट कम,कोरोना संक्रमीत २५ वर्षिय एक युवा पत्रकारलाई शनीबार उपचारको लागि कोशी कोरोना विशेष अस्पताल लगिएको छ ।विगत ५ वर्षदेखि उदयपुर गाईघाटलाई कार्य क्षेत्र बनाएर पत्रकारीता गर्दै आईरहेका उनी कोरोना संक्रमीत क्षेत्र भुल्केमा अग्रस्थानमा रहेर कोरोना सम्बन्धि रिपोटिङ्ग गर्दै आईरहेका थिए ।

स्थलगत रिपोटिङ्गमा खनीने संचारकर्मीहरुले आफूहरु पनि स्वाब परिक्षण गरियोस भन्ने माग राखेपछि जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले २७ जना पत्रकारको स्वाब संकलनगरि विहीबार परिक्षणको लागि विपि मेमोरियल धरानमा पठाईएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

त्रियुगा नगरपालिका–३ भुल्केमा यस अघि ३२ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको थियो । उक्त स्थानमा भेटिएका कोरोना संक्रमीत सबै मुस्लिम परिवारका थिए । तर शुक्रबार कोरोना संक्रमण पुष्टी भएका पत्रकार भुल्के बाहिरका हुन् । उनी त्रियुगा नगरपालिका–११ ट्राफिक प्रहरी कार्यालय पछाडीको एक स्थानीयको घरमा भाडामा बस्थे ।





                                                   






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.