Websoft University

युवालाई कृषि पेशामा लगाउन स्थानिय सरकार योजना बनाईँदै


काठमाण्डौ बैशाख २१ गते । रातो तारा डट काम,कोरोना भाइरस(कोभिड–१९)को सङ्क्रमणले गर्दा विश्वभर रोजगारी कटौती हुने अवस्थामा पुगेको छ । विदेशमा रोजगारीका लागि पुगेका युवाहरु गाउँ फर्किएका छन् । यसरी गाउँ फर्किएका युवालाई कृषि पेशामा आवद्ध गराउन प्यूठानको मल्लरानी गाउँपालिकाले कृषि क्षेत्रको योजना अगाडि बढाउन थालेको छ । गाउँपालिकाले कृषि क्षेत्रलाई प्रवर्धन गर्न “कृषि, जडिबुटी, वन, पैदावर र पर्यटन सम्रग विकास मल्लरानी गाउंपालिकाको अभियान” को नारा गाउँपालिकाले लिएको छ । कोरोनाको सङ्क्रमणबाट उत्पन्न आर्थिक समस्यालाई मध्यनजर गर्दै प्यूठानको मल्लरानी गाउँपालिकाले कृषि क्षेत्रको योजना अगाडि बढाउन थालेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापाले बताउनुभयो । कृषि र पशुपालन क्षेत्रमा आवद्ध कृषकको जीवनस्तरमा सुधार ल्याउन, कृषि उत्पादनमा वृद्धि गर्न, व्यावसायिक कृषि कार्यमार्फत रोजगारीको अवसर सृजना गर्न गाउँपालिकाले कस्ता कार्यक्रम ल्याउँदा कृषकलाई सहयोग पुग्छ त्यसको सुझाब सङ्कलनको काम पनि सुरु भएको गाउँपालिकाका अध्यक्ष अमरध्वज रानाले बताउनुभयो ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.