Websoft University

लिपुलेक अतिक्रमणप्रती आदिवासी पत्रकार महासंघको आपति


मोरङ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितीले भारतले लिपुलेकहुँदै एकलौटी बाटो निर्माण गरेकोमा गम्भीर आपती जनाएको छ ।

फोनिज १ नम्बर प्रदेश समितीका अध्यक्ष अर्जुन जम्नेली राईको सभापतित्वमा बसेको बैठकले भारतले हेपाहा प्रवृती दोहोर्‍याउदै एकलौटी रुपमा निर्माण गरेको बाटो उद्घाटन गरेको प्रति विरोध जनाउदै प्रभाबकारी रुपमा कुटनीतिक पहल थाल्न नेपाल सरकारलाई आग्रह गरेको छ । सीमा सुरक्षा र राष्ट्रियता सम्बन्धि निरन्तर जनचेतना फैलाउनु पर्ने बैठकले प्रस्ताव पारित भएको छ ।

कोरोना नियन्त्रणको लागि भएको लकडाउनको कारण श्रमजीबि पत्रकारलाई निस्कासन तथा तलब नकटाउन मिडिया हाउसहरुलाई आग्रह गरेको छ । समाचार लेखेर परिवार पाल्दै आएका स्टिन्जर (न्युज बेस) पत्रकारहरुका लागि प्रदेश र स्थानीय सरकारले विशेष कार्यक्रम बनाएर रोजगारीको ब्यबस्थापन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

पत्रिका लगायतलाई दिइदै आएको लोककल्याणकारी बिज्ञापनको रकम तत्काल निकाशा गर्न र लकडाउनको समयको बिज्ञापन बापतको पैसा नरोक्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय भएको फोनिज प्रदेश समितिका अध्यक्ष अर्जुन जम्नेली राईले बताए । फोनिज प्रदेश समितिले यस अघिदेखि नै अनलाइन मिडियाहरुलाई वर्गीकरण गरि लोककल्याणकारी बिज्ञापन उपलब्ध गराइनु पर्ने माग गर्दै आएको छ ।

कोरोना बारे रिपोर्टिङमा निस्किने
पत्रकार हरुलाई परिचय पत्रको आधारमा हिड्न दिनुको साथै सुरक्षा सामाग्री ब्यबस्थापन गर्न फोनिज प्रदेश १ समितिले आग्रह गरेको छ ।

बैठकमा संघीय शिक्षा कार्यालय र पाठ्यक्रम बिकास केन्द्रले संस्कृत भाषालाई अनिवार्य बिषय बनाउने प्रचार भइरहेको बारे समेत छलफल चलेको महासचिव बिदुर खवासले बताए ।
राज्यले सबै भाषालाई समान व्यवहार गर्नुपर्ने भएकोले संस्कृत बिषयलाई अन्य झै स्वेच्छिक बनाइनु पर्ने प्रस्ताव पारित भएको छ ।

फोनिज प्रदेश १ समितिले विपद र सामाजिक कार्यहरुमा प्रदेश सरकारलाई सहयोग गर्न चाहेपनी मन्त्री तथा सल्लाहकार हरुले बेवास्ता गर्दै आएको बिषयमा पनि बैठकमा गम्भीर छलफल भएको उपाध्यक्ष फिपराज बेघा लिम्बूले बताए ।

भर्चुअल बैठकमा सल्लाहकार संयोजक जनकॠषी राई, प्रदेश सदस्य बिना तामाङ, प्रदिप चौधरी, गुरुङ सोल्टी, भास्कर चौधरी सुनसरी, अध्यक्ष अर्जुन जम्नेली राई, उपाध्यक्ष फिपराज बेघा लिम्बू, सदस्य बिजय धिमाल, प्रेम देवान, लेखा समिती सदस्य अर्जुन कुलुङ राई मोरङ, उपाध्यक्ष भूमिका सुब्बा, कोषाध्यक्ष शुसन राई झापाबाट सहभागी भएका थिए ।

 त्यसैगरी महासचिव बिदुर खवास, सदस्य टीएल राई, मामबि तामाङ धनकुटा, सचिब अप्सरा समाल मगर उदयपुर, सदस्य अतित लिम्बू, वीरबहादुर पापो इलाम, सदस्य साहारा लिम्बू (ताप्लेजुङ) काठमाडौबाट सहभागी भएका थिए ।

 बैठकमा तेह्रथुम छ्थर भेलाको समीक्षा र आफ्नो क्षेत्रको रिपोर्टिङ समेत भएको थियो । आइतबार (बैशाख २८ ) बसेको बैठकको निर्णयहरु आज बिज्ञप्ति प्रकाशन गरि सार्बजनिक गरेको हो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.