Websoft University

नेपालमा कोभिड १९, सङ्क्रमितको सङ्ख्या २४६ पुग्यो


काठमाण्डौ जेष्ठ १ गते । रातो तारा डट कम,नेपालमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या दुई सय ४६ पुगेको छ । आज थप १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ सय ४६ पुगेको हो । 
थपिएका संक्रमित नवलपरासीको देवचुली नगरपालिका १२ का ४९ वर्षका पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । भरतपुर अस्पताल, कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा ति व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि आजै थप २ जनामा संक्रमण पुष्टि भएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षणका क्रममा काठमाडौं चन्द्रागिरीका ३२ वर्षका पुरुष र कपिलवस्तुका ६ वर्षिया बालिकामा कोभिड १९ संक्रमण देखिएकोहो । सरकारले पीसिआर विधिबाट गरिने परिक्षणको दायरा बढाएसँगै सङ्क्रमितहरूको सङ्या पनि बढिरहेको छ । 

त्रिवि शिक्षण अस्पताल, महारजगञ्जमा उपचाररत ६ वर्षीया बालिकालाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि उपचारमा संलग्न चिकित्सक, नर्स लगायत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । अस्पतालको न्यूरो वार्डमा उपचाररत बालिकाको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ अर्थात् कोरोना भएको आएको थियो । 

उनलाई कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको हो । न्यूरो वार्डमा रहेका ५ जना बिरामीलाई नै गणेशमानसिंह भवनमा बनाइएको आइसोलेसन वार्डमा सारिएको छ । साथै उपचारमा संलग्न चिकित्सक, नर्स, काठमाडौं ल्याउने आफन्तलाई पनि क्वारेन्टाइनमा राखिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.