Websoft University

मोरङको विराटचौकमा रहेको गोर्खा डिपार्टमेन्ट स्टोरमा अखाद्य वस्तु फेला !


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका स्थित विराटचौकमा रहेको गोर्खा डिपार्टमेन्ट स्टोरमा बेच्न राखिएको च्याउमा किरा भेटिएको छ । शुक्रबार घरेलु तथा साना उद्योग कार्यलय विराटनगरको संयोजकत्वमा, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, औषधि व्यवस्था कार्यालय विराटनगर, सुन्दरहरैंचा नगरपालिका स्थानिय प्रशासन सहितको टोलीले विराटचौकमा रहेको गोर्खा डिपार्टमेन्ट स्टोरमा रहेको च्याउमा किरा लागेको भेटेको हो ।

यसैक्रममा गोर्खा डिपाटमेन्ट स्टोरमा किरा परेको प्याकेजिङ च्याउ र , प्याकेजिङ इजाजत नभेटीएकाले र मिति उल्लेख नगरेका खाध्य बस्तु सामग्री फेला परेकाले ५० हजार जरिमाना गरेको छ । यस्तै जुनतारा बजारमा पनि केहि म्याद गुज्रीएको बस्तु पाईएकाले १० हजार जरिमाना गरेको छ । यस्तै सगुन किराना पसल भने सन्तोषजनक पाइएको छ । गोर्खा डिपार्टमेन्ट स्टोरले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ ट को कसुर तथा दफा २० को उपदफा  १ र २ बमोजिम कार्य नगरेको पाइएको बताइएको छ।

प्याकेजिङ इजाजत नलिएको सोही ऐनको दफा ३१ १ ख बमोजिम जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यलय विराटनगरका प्रमुख हिमालय बरालले बताए।

यस्तै रेवति प्रसाद सुवरले सन्चालन गरेको आरटी सप्लायर्समा समेत म्याद नाघेका खाध्य सामग्री भेटिएकाले १० हजार जरिमाना गरेको हो । अनुगमनका क्रममा अखाद्य वस्तु वितरण गर्ने जुन सुकै फर्मलाई कानुनी कार्वाही गर्ने सुन्दरहरैचा नगरपालिकाकी उपप्रमुख धनमाया तामाङले बताइन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.