Websoft University

नेपाल–भारत सिमाना तारबार लगाएर बन्द गर्न साझा पार्टीको सरकारलाई आग्रह


काठमाण्डौ जेठ ३ गते । रातो तारा डट कम,साझा पार्टीले नेपाल–भारत सिमाना तारबारसहित बन्द गर्न सरकारलाई आग्रह गरेको छ । विज्ञप्ति जारी गर्दै साझा पार्टीले सीमा क्षेत्रका स्थानीय वासिन्दालाई समस्या नपर्ने गरी नेपाल–भारत सीमाका निश्चित नाकामा अभिलेखीकरणको व्यवस्थासहित खुला गर्न र बाँकी ठाउँ तारबारसहित बन्द गर्न  माग गरेको हो । साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले विज्ञप्ति जारी गरी राहदानी, नागरिकता र परिचयपत्रको साथै अन्य प्रविधिको सहयोगमा सीमा वारपारलाई नियमन गर्नु नेपाल र भारत दुवैको दीर्घकालीन हितमा हुने पनि बताउनुभयो । साझा पार्टीले देशबाहिर स्वदेशी नागरिक र देशभित्र विदेशी नागरिक कुन प्रयोजनका लागि कति संख्यामा छन् भन्ने अभिलेख सार्वभौम मुलुकका लागि महत्वपूर्ण हुने भन्दै अहिले कोभिड–१९ को व्यवस्थापनमा समेत यस्तो सूचनाको महत्व खट्केको जनाएको
छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.