Websoft University

नेपालमा ११ जनामा थपभइ कोरोना संक्रमण २७८पुगेको पुष्टि भयो


काठमाण्डौ जेठ ३ गते । रातो तारा डट कम,नेपालमा आज मात्रै थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले सङ्क्रमितहरुको सङ्ख्या २ सय ७८ पुगेको जानकारी दिनुभयो ।

यस अगाडि हिजो एकैदिन १८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । पछिल्लोपटक महोत्तरीका ५२ वर्षिया पुरुष र काभ्रेका २६ वर्षका पुरुषलाइ कोरोना भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा  प्रवक्ता डा. विकास देवकोटाले संक्रमित मध्ये सबैभन्दा बढी प्रदेश नम्बर–२ र प्रदेश नम्बर–५ मा समान १०९ जनालाई संक्रमण भएको जानकारी दिनुभयो । 

अहिलेसम्म पीसीआर विधिबाट २६ हजार ६ सय ९१ तथा आरडीटी विधिबाट ६५ हजार ७ सय ४९ ओटा परीक्षण भएका छन् । २४ घन्टामा पीसीआर विधिबाट तीन हजार ५७९ ओटा परीक्षण भएको मन्त्रालयले जनाएको छ । हाल देशभर १६ हजार ३६६ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.