Websoft University

कोभिड १९ को खोप विश्वका सबै नागरिकसम्म पु¥याउन दुई वर्ष लाग्न सक्ने



काठमाण्डौ जेठ १ गते । रातो तारा डट कमविश्व स्वास्थ्य संगठनले कोरोना भाइरस विरुद्धको खोप विश्वभर पु¥याउन साढे दुई वर्ष समय लाग्न सक्ने बताएको छ । संगठनका कोभिड–१९ का लागि विशेष दूत डेविड नाबारोले विश्वभरको जनसंख्यालाई कोरोना भाइरसको खोप पु¥याउन साढे दुई वर्षको समय लाग्न सक्ने बताउनुभएको छ । जेनेभामा विश्व स्वास्थ्य संगठनको मुख्यालयमा पत्रकारसँग कुराकानी गर्दै उहाँले विश्वका विभिन्न मुलुकले कोरोना भाइरस विरुद्धको खोपको अनुसन्धान गरिरहेको तर, सुरक्षित र प्रभावशाली खोप विकास गर्नमा कम्तिमा १८ महिना लाग्ने भन्दै खोप विकास भएपछि सबै नागरिकको पहुँचमा पु¥याउन कम्तिमा साढे दुई वर्षको समय लाग्ने बताउनुभयो । खोपको विकासपछि उत्पादकत्व बढाउन र त्यसलाई विश्वको झन्डै ७ सय ८० करोडभन्दा बढी जनसंख्याको पहुँचमा पु¥याउन सहज नहुने पनि उहाँले उल्लेख गर्नुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.