Websoft University

सञ्चारमाध्यमको नवीकरण शुल्क मिनाह गर्न सरकारसँग माग


काठमाण्डौ बैशाख १९ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघले सञ्चारमाध्यमको नवीकरण शुल्क मिनाह गर्न सरकारसँग माग गरेको छ । कोरोनाले संकट निम्त्याएको भन्दै महासंघले यस वर्षको रोयल्टी र नवीकरण शुल्कमा पूरै छुट दिन माग गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई ज्ञापनपत्र पठाउँदै महासंघले विभिन्न करमा समेत छुट दिन माग गरेको छ । ज्ञापनपत्रमा विद्युत, टेलिफोन र इन्टरनेट महसुल छुट तथा कागजसहितका अन्य प्रेस सामग्री खरिदमा पनि कर छुटसहितको राहत प्याकेज घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ । महासंघले कोरोनाबाट अतिप्रभावित जिल्लामा खटिइरहेका पत्रकारको तत्काल स्वास्थ्य परीक्षण र बीमा र आवश्यक स्वास्थ्यसुरक्षा सामग्रीको व्यवस्था गर्न माग गरेको छ । कोरोनाले निम्त्याएको संकटको बेलामा सञ्चारगृहले पत्रकारलाई बेतलबी बिदामा राख्ने, कामबाट हटाउने र समयमै पारिश्रमिक उपलब्ध नगराउने समस्या देखिएकाले समस्या सम्बोधनका लागि पनि महासंघले सरकारलाई आग्रह गरेको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.