Websoft University

कडाउनको दोस्रो चरण सुरु हुँदा पनि मानिसहरुको आवत जावत रोकिएन बिनाकालम हिडडुल गर्नेको संख्या बढ्दै,


काठमाण्डौ चैत १८ गते । रातो तारा डट कम,मुलुक लकडाउनमा गएको पहिलो चरण सकिएर आजबाट थप गरिएको समय सुरु भए पनि मानिसहरुको आवातजावत रोकिएको छैन । स्वदेश फर्किनका लागि दशगजा क्षेत्रसम्म पुगेका नेपाल र भारत दुवै देशका नागरिकलाई जो जहाँ छन् त्यही देशको सरकारले व्यवस्थापन गर्ने सहमति भएको छ । 

दुवै देशबीच माथिल्लो तहमा भएको कुराकानी र स्थानीयस्तरमा भएको छलफलपछि सीमा खोल्दा संक्रमणको जोखिम बढ्ने भएकाले यस्तो सहमति गरिएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले सीआईएनसँग बताउनुभयो । धारचुला क्षेत्रमा रहेका करिब एक हजार नेपालीहरुलाई भारतीय पक्षले क्वारेन्टाइनमा राखेका छन् । 

अर्को सहमति नभएसम्म नेपालीहरुलाई भारतमै क्वारेन्टाइनमा राखिने धारचुला क्षेत्रका उपजिल्ला अधिकारी अनिल कुमार सुक्लले बताउनुभयो ।  धारचुला क्षेत्रमा चार ठाउँ र जौलजिबीमा एक ठाउँ गरी नेपालीहरुलाई पाँच ठाउँमा राखिने छ । 

तर नेपाल भारत सीमानामा पुगेका नेपालीले भने आफूहरूलाई नेपाल आउने वातावरण बनाउन आग्रह गरेका छन् ।  भारत र अन्य मुलुकबाट आएकाहरुलाई  क्वारेन्टाइनमा राख्न सकिएको छैन । नेपाल आउनेको संख्या लाखौ छ भने क्वारेन्टाइनमा सयको संख्यामा राखिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.