Websoft University

लकडाउनको मौका छोप्दै काठ तश्करहरु सक्रिय-रामपुर र मैनामैनी क्षेत्रमा केही दिन यता काठको तस्करी तिब्र हुँदै,

श्याम राई,उदयपुर-गाईघाट चैत १८ गते । रातो तारा डट कम,
लकडाउनको मौका छोप्दै काठ तश्करहरु सक्रिय हुन थालेकाछन् । उदयपुरको पूर्वि भेगको रामपुर र मैनामैनी क्षेत्रमा केही दिन यता काठ तश्करी तिब्र रुपमा भैरहेको छ।

लकडाउनमा सुरक्षाकर्मीहरु शहर केन्द्रित बनेको, सर्व साधरण र सामुदायिक वनका पदाधिकारीहरु घरमै बसेको मौका छोपी काठ तश्करीको घटना हुन थालेको छ ।जिल्लाको पूर्वि भेगमा काठ तश्करी तिब्र रुपमा भैरहेको जानकारी आएपछि जिल्ला वन कार्यालयले वन गस्ती बढाएसँगै मंगलबार बेलका नगरपालिका क्षेत्रबाट दुई जना काठ तश्कर पक्राऊ गरेको छ।

बेलकाको वरपानी र बतासे सामुदायिक वन क्षेत्रमा काठ काटी रहेको बेला बेलका नगरपालिका–५ का नरेन्द्र आले मगर र संतोष थापामगरलाई पक्राऊ गरिएको जिल्ला वन कार्यालय उदयपुरका सहायक वन अधिकृत जागेश्वर साहले बताए । उनीहरुले तिन वटा काचो सखुवाको काठ काटेर झण्डै ३ सय सेफटी लकडी तश्करी गर्न लागेको बेला पक्राऊ गरिएको साहले बताए ।

काठ तश्करी रोक्न केही दिनदेखि वन सुरक्षाकर्मीलाई परिचालन गरिरहेका छौ ।’ उनले भने । संक्रमणको मौका छोपी काठ तश्करी भैरहेको उनले बताए ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.