Websoft University

सुन्दरहरैचाको मुस्लिम बस्तिहरुमा आरडिटी टेस्ट


शिव भट्टराई,मोरङ बैशाख ६ गते । रातो तारा डट कम,
सुन्दरहरैचा नगरपालिकाले आज आफ्ना नगरमा भएका केही मुस्लिम वस्तिहरुमा आरडिटी टेस्ट गरेको छ।

शनिबार सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल, सुरक्षाकर्मी सहितको टोली र सुन्दरहरैचा नगरपालिका वडा नं ९ को मुस्लिम वस्तिका २७ जनाको स्वास्थ्य परिक्षण नगरले गरेको छ ।

उक्त २७ जनामा गरिएको स्वास्थ्य परिक्षणमा नगरप्रमुख सहित २७ जनामै कोरोना रिपोर्ट नेगेटिभ आएको सुन्दरहरैचा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरले जोखिम क्षेत्र र शंकास्पद स्थानहरुमा सबै व्यक्तीको स्वास्थ्य परिक्षण गर्दै आएको नगरप्रमुख शिव प्रसाद ढकालले बताए ।

उनले सबै वडामा विदेशबाट आएका व्यक्तीहरु र शंकास्पद स्थानमा बसोबास गर्ने व्यक्तीहरुमा स्वास्थ्य परिक्षण गर्दै आइरहेको बताए ।

अहिले सम्म सुन्दरहरैचा नगरपालिकामा ५९ जनाको स्वास्थ्य परिक्षण भईसकेको छ । उनिहरु सबैमा कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.