Websoft University

स्थानिय प्रशासनले शनिवार विहान देखिनै भुल्के गाउँलाई पुरै सिल गरेर राखेको छ


श्याम राई÷उदयपुर-गाईघाट बैशाख ६ गते । रातो तारा डट कम,उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के स्थित मस्जिदमा रहेका ११ भारतिय सहित १२ जनामा कोरोना पुष्टि भएसँगै स्थानिय प्रशासनले शनिवार विहान देखिनै भुल्के गाउँलाई पुरै सिल गरेर राखेको छ ।

गाउँमा आवत जावत पुरै बन्द गरिएको छ भने घर भित्रबाट कसैलाई पनि बाहिर निस्कन दिएको छैन । गाउँलाई जनपथ र शसस्त्र प्रहरीले चारैतर्फ बाट घेरा हालेर राखेको छ ।“हामीले गाउँलाई पूरै सुरक्षा घेरामा राखेर आवत जावतमा रोक लगाएका छौँ ।” जिल्ला प्रहरी कार्यलय उदयपुरका एसपी विर वहादुर वुढा मगरले भने । 

“आउजाउ नरोक्ने हो भने संक्रमण फैलन सक्ने खतरा बढेको छ ।” उनले भने । स्थानियलाई घरभित्रै बस्न भनेका छौँ उनीहरुलाई बाहिर निस्कन दिएका छैनौँ । उनले भने । प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले संक्रमित भेटिएको स्थानलाई सेना प्रहरीद्धारा उच्च सुरक्षामा राखेको बताए ।

यसै विच कोरोना पुष्टि भएसँगै गाईघाट बजारका बासिन्दाहरु भयभित वनेका छन् । बजार क्षेत्रका चारैतर्फका भित्रि सडकहरु स्थानियले बन्द गरेका छन् भने बजार क्षेत्र सुनसान वनेको छ । त्रासले मान्छेको आवत जावत पूरै रोकिएको छ भने दुध डेरीहरु समेत बन्द भएका छन् ।

कोरोना संक्रमित भेटिएको झुल्के क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य जाँचका लागी १ नम्बर प्रदेश सरकारले किट सहितको ३ जना स्वास्थ्यकर्मी पठाएको जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

२ सय ५० घरधुरी रहेको भुल्केमा झन्डै ६ सय जनाको शनिवार राती अवेर सम्म भएपनि स्वास्थ्य परिक्षण गर्न लगिएको उनले बताए । “भुल्केपछि संक्रमितहरु घुमफिर गरेका अन्य ठाउँका मस्जिद र गाउँ बस्तिमा पुगेर परिक्षण गरिने छ ।” उनले भने ।
                                                             

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.