Websoft University

भारतीय सुरक्षाकर्मील १ सय २३ नेपालीलाई सर्लाहीको सीमा क्षेत्रमा ल्याइ छोडियो


काठमाण्डौ बैशाख ६ गते । रातो तारा डट कम,भारतीय सुरक्षाकर्मीले आफ्नो क्वारेन्टाइनमा रहेका १ सय २३ जना नेपालीलाई सर्लाहीको सीमा क्षेत्रमा ल्याएर छाडिदिएका छन् । भारतीय सुरक्षाकर्मीले ट्रकमा हालेर ती नेपालीलाई कनौली नाकास्थित लखन्देही खोलामा गएराति छाडिदिएका हुुन् । सोनवर्षा लगायत ३ ठाउँमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएका नेपालीलाई भारतीय सुरक्षाकर्मीले लखन्देही खोलाको बाटो देखाईदिएर छाडेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिनुभयो । उनीहरुलाई तत्कालै क्वारेन्टाइनको व्यवस्था गरी राख्ने तयारी भइरहेको छ । यसअघि नै सर्लाहीमा ६३ जना नेपाली लकडाउन छिचोल्दै भारतबाट छिरिसकेका छन् । उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाईनमा राखेका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.