Websoft University

स्वास्थ्य सामग्री खरिदका लागि तीनवटा निजी कम्पनीसँग सम्झौता भयो



काठमाण्डौ बैशाख ६ गते । रातो तारा डट कम,सरकारले नोबेल कोरोना भाइरस (कोभिड १९) को रोकथाम र उपचारका लागि आवश्यक सामग्री खरिदका लागि तीनवटा निजी कम्पनीसँग सम्झौता गरेको छ । स्वास्थ्य सामग्री खरिदको जिम्मा पाइसकेको ओम्नी समूहसँगको सम्झौता भङ्ग गरेको स्वास्थ्य सेवा विभागले तीनवटा कम्पनीसँग खरिद सम्झौता गरेको हो । कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), सर्जिकल तथा एन ९५ मास्क लगायतका सुरक्षा सामग्री दुई साता भित्र ल्याउने गरी सम्झौता गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनु
भयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.