Websoft University

भारतमा कोरोनाबाट २४ घण्टामा ४३ जनाको मृत्यु भयो



काठमाण्डौ बैशाख ६  गते । रातो तारा डट कम,भारतमा कोरोना भाइरस कोभिड १९ बाट पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या चार सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा करिब एक हजार नयाँ संक्रमित पनि थपिएका छन् । यससँगै समग्र संक्रमितको संख्या पनि १४ हजार तीन सय ७८ पुगेको छ । भारतको महाराष्ट्रमा सबैभन्दा धेरै दुई सय एक जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । भारतको सबैभन्दा प्रभावित यो प्रान्तमा अहिलेसम्म तीन हजार तीन सय २३ संक्रमित फेला परिसकेका छन् । भारतको उत्तर प्रदेशमा अहिलेसम्म १४ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ भने आठ सय ४९ जनामा यसको संक्रमण देखिएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.