Websoft University

मोरङमा ६७ मदरसा र ८९ वटा मस्जिद भएकाले निगरानी बढाउनु पर्यो



काठमाण्डौ बैशाख ७ गते । रातो तारा डट कम,उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १२ जना मुस्लिम समुदायका व्यक्तिमा कोरोना पुष्टि भएपछि मोरङका मस्जिद तथा मदरसामा निगरानी बढाइएको छ । मुसलमान समुदायका व्यक्तिमा कोरोना भाइरसको पुष्टि भएपछि उनीहरुको बसोबासको क्षेत्र, मस्जिद तथा मदरसामा जिल्ला प्रशासन कार्यालय मोरङले निगरानी बढाएको हो । जिल्लाका मुस्लिम समुदायको सघन बसोबास रहेको क्षेत्रको पहिचान गर्दै अनुगमनका लागि विभिन्न स्थानिय तहलाई भनिसकिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुुकेश केशरीले बताएका छन । स्थानीय तहका पदाधिकारीले मुस्लिम समुदायका अगुवासँग समन्वय गर्दै अनुगमन गर्ने र त्यसका लागि प्रशासनले पनि सहजिकरण गर्ने उहाँले बताउनुभयो । मोरङमा ६७ मदरसा र ८९ वटा मस्जिद रहेका छन् । सीमावर्ती क्षेत्रबाट हुने लुकुछिपी प्रवेशलाई रोक्न जाँचमा कडाइ गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.