Websoft University

बाराका किसानले लगाएको गहुँ, मकै, केरा लगायतका फलफूलमा असिना पानीले क्षति पुर्यायो



काठमाण्डौ बैशाख ७ गते । रातो तारा डट कम, हुरीसँगै आएको असिनापानीका कारण बाराका किसानलाई ठूलो क्षति भएको छ । किसानले लगाएको गहुँ, मकै, केरा लगायतका फलफूलमा क्षति पुगेको हो । असिना पानीले कति क्षति भयो भन्ने विषया तथ्यांक संकलन भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । गहुँ बाली भित्र्याउने समयमा आएको असिना पानीले पाकेको गहुँ खेतमै झारिदिएको छ भने मकैका बोटहरु भाँचिदिएको किसानले बताएका छन् । अधिकांश किसानले लगाएको केराका बोटहरु हुरीले लडाइदिएको छ भने आँप, लिचिलगायत फलफूल बोटमै नष्ट भएको किसानको भनाइ छ । त्यस्तै, हुरीले जिल्लाका बिभिन्न स्थानमा घरका छाना उडाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी चौकी लंगडाको छाना उडाईदिएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.