Websoft University

प्रदेश १ मा एसईई तयारी कक्षा शुरु हुने


विराटनगर, १२ वैशाख । रातो तारा डट कम,प्रदेश १ मा माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी कक्षा शुरु हुने भएको छ । एसईईको तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरि सामाजिक विकास मन्त्रालयले तयारी कक्षा सञ्चालनबारे नेपाल टेलिभिजन इटहरी प्रशारण केन्द्रसँग सम्झौता गरेको
छ ।

दैनिक १ सय मिनेटको भर्चुअल कक्षा सञ्चालनबारे सामाजिक विकास मन्त्रालयका सचिव रविलाल पन्थ र इटहरी प्रशारण केन्द्रका प्रमुख डा. टंक उपे्रतीवीच विहिबार सम्झौता भएको छ । पहिलो चरणमा वैशाख १५ देखि जेठ १५ गते सम्मका लागि सम्झौता भएको छ ।

एसईई तयारी कक्षा वैशाख १५ गते देखि शुरु हुने सामाजिक विकास मन्त्रालय शैक्षिक योजना शाखाका अधिकृत मानवहादुर देवकोटाले जानकारी दिनुभयो । शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले तयार गरेको सामाग्री प्रसारण गरिने देवकोटाले बताउनुभयो ।

एसईई तयारी कक्षा शुरु हुनुअघि दैनिक १० मिनेट विज्ञबाट विद्यार्थीलाई विभिन्न व्यवहारीक ज्ञानबारे जानकारी दिइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ विद्यार्थीले विज्ञलाई विभिन्न विषयबारे राखेको जिज्ञाशा पनि कार्यक्रममा प्रशारण गरिने छ ।’

हरेक दिन विहान १० वजेदेखि कक्षा शुरु हुने सामाजिक विकास मन्त्रालय शैक्षिक योजना शाखाका अधिकृत देवकोटाले बताउनुभयो । उहाँका अनुशार पहिलो सम्झौता अनुसार ९० वटा कक्षा सञ्चालन गरिने छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.