Websoft University

वल्र्ड भिजनद्धारा ३४ लाखको पीपीई प्रदेश सरकारलाई हस्तान्तरण


विराटनगर १२ वैशाख । रातो तारा डट कम, प्रदेश १ सरकारलाई वल्र्ड भिजन इन्टरनेशनलले ३४ लाखको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सेट हस्तान्तण गरेको छ ।

२ सय १५ वटा पीटीई सेट, ३२ थान आईआर थर्ममिटर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई आज वल्र्ड भिजन इन्टरनेशनल पुर्व क्षेत्रीय व्यवस्थापक विनय अमात्यले हस्तान्तरण गर्नुभयो । उहाँले पीपीई सेट मुख्यमन्त्री राईलाई हस्तान्तरण गर्दै कार्यक्षेत्रका मोरङ, सुनसरी र उदयपुर जिल्लामा स्थानीय तहसँगको समन्वयमा विभिन्न सामाग्रीहरु वितरण गरिएको जानकारी गराउनुभयो ।  

वल्र्ड भिजनले प्रदेश सरकारलाई एन ९५ मास्क, सर्जिकल मास्क, मेडिकल प्रोटेक्टीभ क्लोथ, इलेक्ट्रोनिक थर्ममिटर, ग्लोब्स, ह्याण्ड सेनिटाईजर लगायतको १० प्रकारका सामाग्री समावेश गरिएको २ सय १५ थान पीपीई सेट हस्तान्तरण गरिएको वल्र्ड भिजन फिल्ड कार्यालयका पब्लिक इन्गेजमेन्ट स्पेश्लीष्ट प्रमिल अधिकारीले जानकारी दिनुभयो । 

पीपीई ग्रहण गर्दै मुख्यमन्त्री राईले अग्रभागमा रहेर कार्य गरिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर सामाग्रीहरु  वितरणको व्यवस्था मिलाईने बताउनुभयो । वल्र्ड भिजनबाट अहिले सम्मकै उल्लेख्य समाग्री प्रदेश सरकारलाई प्राप्त भएको उहाले बताउनुभयो । 

पीपीई प्रदेश सरकारलाई हस्तान्तरण कार्यक्रममा वल्र्ड भिजनको साँझेदार संस्थाका तर्फबाट नारी विकास संघ विराटनगरकी अध्यक्ष सीता शर्मा, राष्ट्रिय सामुदायिक विकास केन्द्रका अध्यक्ष नारायण कार्की लगायतको सहभागिता रहेको थियो ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.