Websoft University

भारतीय राजदूतले नेपाललाई दिएका औषधि नेपालमा दर्तानै छैनन


काठमाण्डौ बैशाख १२ गते । रातो तारा डट कम,कोरोनाको उपचारका लागि नेपाललाई भारतले सहयोग गरेको औषधि नेपालमा दर्ता नभएको पाइएको छ । भारत सरकारले हिजो उपलब्ध गराएको औषधिको  सूचीमा प्यारासिटामोल–३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई २० एमजी ट्यावलेट तीन लाख २० हजार वटा भएको उल्लेख छ । उक्त औषधि, औषधि व्यवस्था विभागमा भने दर्ता नभएको पाइएको हो । यो अवस्थामा विभागमा दर्ता नभएको औषधिलाई प्रयोगमा निषेध गर्ने प्रावधान छ । विभागका प्रवक्ता सन्तोष केसीका अनुसार प्यारासिटामोल–३२५ एमजी र डाइसाइक्लोमिन एचसीआई–२० एमजी ट्यावलेट विभागमा दर्ता छैनन् । विभागमा दर्ता नभएका औषधिहरु साधारण अवस्थामा बिक्री वितरण तथा प्रयोग गर्न मिल्दैन । ती औषधि हिजो नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गर्नुभएको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.