Websoft University

स्वास्थ्यकर्मीमाथि भारतमा अव आक्रमण गर्नेका लागि नयाँ अध्यादेश जारी भयो

  
काठमाण्डौ बैशाख १२ गते । रातो तारा डट कम,भारतमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेका लागि नयाँ अध्यादेश जारी भएको छ । भारत सरकारले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेको विषयमा तयार पारेको अध्यादेश हिजो राष्ट्रपति रामनाथ कोविन्दले प्रमाणिकरण गर्नुभएको छ । राष्ट्रपति कोविन्दले महामारी रोग (संशोधन) अध्यादेश, २०२० लाई स्विकृति दिएसँगै लागू भएको हो । अध्यादेश अनुसार अब भारतमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई गैर जमानती मानिने र ३० दिनभित्र जाँच पुरा गरि एक वर्षभित्रमा फैसला सुनाउनुपर्नेछ । कोरोना भाइरसबाट विश्व जुझिरहेको बेला अग्रस्थानमा रहेर कोरोना संक्रमितको उपचार गर्ने डाक्टर र स्वास्थ्यकर्मीका लागि केन्द्र सरकारले यो विधेयक ल्याएको हो । भारतमा हालसम्म कोरोनाका कारण ६ सय ८१ जनाको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या २१ हजार नाघेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.