Websoft University

ओखलढुंगाका थप सय जनाको आरडिटी परीक्षण गरिने भएकोछ


काठमाण्डौ बैशाख १२ गते । रातो तारा डट कम,ओखलढुंगाका थप सय जनाको आरडिटी परीक्षण गरिने भएको छ । जिल्ला कमाण्ड पोष्ट तथा संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले जिल्लाका आठ वटै स्थानीय तहका क्वारेन्टाइनमा बसेकाहरुको आरडिटी परीक्षण गर्ने निर्णय गरेको हो । स्वास्थ्य सेवा विभागबाट १ सय थान आरडिटी टेस्ट किट प्राप्त भएकाले थप शंकास्पदहरुको कोरोना जाँच गरिने जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो । मोलुङ गाउँपालिका २ रामपुरमामा रहेको क्वारेन्टाइनमा रहेका २५ जना सहित अन्य सय जनामा तत्काल आरडिटी परीक्षण गरिने उहाँको भनाईछ । विदेश र काठमाण्डौ  लगायतका शहरबाट आएका र क्वारेन्टाइनमा रहेका सबैको स्वास्थ्य परीक्षण गर्ने जिल्ला कमाण्ड पोष्टको तयारी छ ।  जिल्लामा यसअघि विदेशमा आएका १ सय ५० जनाको आरडिटी परीक्षण गरिएको थियो । उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको थियो । अरु ६ जनाको स्वाब परीक्षण गरिएको थियो । उनिहरुको पनि रिपोर्ट नेगेटिभ आएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.