Websoft University

बजार अनुगमनको क्रममा भेटिए मिति नाघेका खाद्य सामाग्री, अनुगमन टोलिद्वारा नष्ट


शिव भट्टराई मोरङ बैशाख  ११ गते । रातो तारा डट कम,
घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको संयोजकत्वमा मोरङको बेलाबारी नगरपालिका र केराबारी गाउँपालिकामा बजार अनुगमन गरिएको छ । 

अनुगमनका क्रममा म्यद गुज्रिएका खाद्य सामाग्री नष्ट गर्नुका साथै जरिवाना समेत गराइएको छ । घरेलु तथा साना उद्योग कार्यालय विराटनगरको संयोजकत्वमा, वाणिज्य आपूर्ती तथा उपभोक्त संरक्षण कार्यालय विराटनगर, औषधि व्यवस्था कार्यालय विराटनगर, पब्लिक फोरम विराटनगर र प्रहरीसहितको टोलीले बजार अनुगमन गरेको हो ।

टोलीले सुरुमा केराबारी गाउँपालिकामा रहेका २ वटा किराना पसल र एउटा मेडिकलमा अनुगमन गरेको हो । अनुगमनका क्रममा विष्णु किराना पसल केराबारीमा सुरज ब्राण्डको पापड २ सय ग्राामको ८ थान म्याद उल्लेख नभएको पाइएकाले नष्ट गरिएको र अबदेखि म्याद नलेखिएको सामान नराख्न चेतावनी दिइएको घरेलु कार्यालयका नायव सुब्बा गोपालप्रसाद धमलाले जानकारी दिनुभयो । 

यस्तै केराबारीकै अमृत स्टोरमा विकेविएम मसला २५० ग्रामको ९ थान, पाइनापल क्यान जुस ४ थान, घ्यू ३ बट्टा म्याद सकिए पनि विक्रिमा राखिएको पाइएकाले नियन्त्रणमा लिएर नष्ट गरिएको छ । यसैगरि हिमालय अयुर्वेदिक औषधालय र केराबारी मेडिकल एकै ठाउँमा रहेकाले अलग अगल रुपमा सञ्चालन गर्न निर्देशन दिइएको र सो मेडिकलमा सेनिटाइजरको बिल नभेटिएकाले अबदेखि विल दुरुस्त राख्न चेतावनी दिएको धमलाले जानकारी दिनुभयो ।

यस्तै टोलीले केराबारी पश्चात बेलबारीमा रहेको विन्धबासीनि खाद्य उद्योग र प्रदीप स्टोरको समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा विन्धवासीनी खाद्य उद्योगले चामलको मूल्य बजार भाउ भन्दा केही बढी लिएको पाइएकाले नगरपालिकासँग समन्वय गरेर मूल्य कायम गर्न निर्देशन दिएको धमलाले जानकारी दिनुभयो । 

यस्तै बेलबारीकै प्रदीप स्टोरले म्याद उल्लेख नभएको पापड, म्याद गुज्रिएको चिल्ली सस र डाबर हनी विक्रिका लागि राखिएको पाइएको छ । प्रदीप स्टोरले दुर्गा ब्राण्डको पापड ५० ग्रामको ६१ थान, कमल पापड १०० ग्रामको २५ थान म्याद नभएको तथा चिल्ली सस ६ बोतल म्याद सकिएको र २५० ग्राम डाबर हनि म्याद सकिएको राखिएको पाइएको छ।

 यस्तै कतिपय सामानको विल समेत नराखेको पाइएको छ । म्यादसकिएको र म्याद नभएको सबै सामान नष्ट गरिएको र प्रदीप स्टोरलाई उपभोक्त संरक्षण ऐन अनुसार २० हजार जरिवाना गराइएको वाणिज्य आपूर्ती तथा उपभोक्त संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमाल बरालले जानकारी दिनुभयो । उहाँले व्यापारीहरुलाई म्याद गुज्रिएका सामानलाई फिर्ता हुने समान उल्लेख गरि अलग ठाउँमा राख्न सुझाव दिनुभयो ।


यस्तै मिति उल्लेख नभएको सामान खरिद नगर्न र खरिद विल दुरुस्त राख्न समेत उहाँले आग्रह गर्नुभयो । उहाँले विभिन्न स्थानीय तहसँग समन्वय गरि निरन्तर अनुगमन गरिने समेत जानकारी दिनुभयो । दुबै ठाउँको अनुगमनका क्रममा स्थानीय तहसँगसमेत सहकार्य गरिएको थियो ।
यस्तै अनुगमन टोलीमा संलग्न पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेलले यसरी गरिने अनुमगनबाट उपभोक्ताहरु तथा व्यापारीहरु सचेत हुने र भोलिका दिनमा उपभोक्ताहरु ठगीनबाट बच्ने बताउनुभयो । उहाँले कतै ठगीएको महसुस गरेमा स्थानीय सरकार, प्रहरी, उपभोक्तावादी संस्था र निकायमा उजुरी गर्न पनि सबैमा आग्रह गर्नभुयो ।घरेलु तथा साना उद्योग कार्यालय विराटनगर, वाणिज्य आपूर्ती तथा उपभोक्त संरक्षण कार्यालय विराटनगर, पव्लिक फोरम लागायतको टोलीले यसअघि विराटनगर, बूढीगंगा लगायत ठाउँमा समेत अनुगमन गरिससकेको छ । अगामी दिनमा जिल्लाका अन्य ठाउँमा समेत अनुगमन जारी राखने बताइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.