Websoft University

भुल्केमा कोरोना संक्रमितको संख्या २८ पुग्यो


श्याम राई-उदयपुर गाईघाट बैशाख ११ गते । रातो तारा डट कम,उदयपुरमा बुधबार थप एक जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमीत ५५ वर्षिया महिला रहेको पुष्टी भएको छ । यो सँगै जिल्ला कोरोना संक्रमीतको संख्या २८ पुगेको छ ।

बुधबार पुष्टी भएको कोरोना संक्रमीत महिला त्रियुगा नगरपालिका–३ भुल्केस्थीत मस्जिद आसपासका हुन् । मंगलबार मात्र भुल्के क्षेत्रमा ३ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो । ति मध्ये एक जना मस्जिदमा लुकेर बसेका भारतीय र अन्य दुई जना विराटनगरका बासिन्दा थिए ।

लकडाउनको बेला आएर भुल्केको नुरी मस्जिदमा लुकेर बसेका १२ भारतीय र ४ नेपालीगरि १६ जमातीमा कोरोना संक्रमीत भेटीएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।

बुधबार एक महिलाको काठमाडौंस्थीत टेकु प्रयोगशालाले कोरोना पुष्टी गरेको उनले बताए । यसैबीच भुल्के मस्जिदमा लुकेर बसेका १६ जमाती ५ दिन बसेको उदयपुरको चौढण्डी नगरपालिकाको सिवाईमा बुधबार ५ महिला सहित ५८ जनाको स्वाब नमूना संकलन गरिएको छ ।

१ नम्बर प्रदेस सरकारका सामाजिक विकास मंत्री जिवन धिमिरे सहित आएको प्रदेशको स्वास्थ्यकर्मीको टोली सिवाई मस्जिद आसपासका मुस्लिम बस्तीमा उनीहरुको स्वाब परिक्षणको लागि नमूना संकलन गरिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए ।

मेयर चौधरीले संक्रमीत भारतीय जमाती बसेको मस्जिदमा वडा न. ५ को ३ वटा र वडा न. १ एउटा टोलबाट स्वाब संकलन गरिएको बताए ।

मुस्लिम टोल छेऊका चिया पसल, किराना र अन्य पसलमा संक्रमीत जमातीहरुको प्रत्यक्ष सम्पर्क रहेकोले उनीहरु सबैको स्वाब परिक्षणको लागि नमूना संकलन गरिएको उनले बताए ।



                                                   





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.