Websoft University

पशुपालक किसानका लागि सरकार गम्भीर



काठमाण्डौ बैशाख ५ गते । रातो तारा डट कम, लकडाउनका कारण औषधि र पशु प्राविधिकको अभावमा किसानले ठूलो क्षति व्यहोर्नुपरेको भन्दै यस विषयमा सरकारले गम्भीर भएको बताएको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानले पशु बिरामी हुँदा उपचार गर्न नपाएको र प्राविधिकसँग सरसल्लाह लिन नपाएको विषयमा आफूहरू गम्भीर रहेको कृषि मन्त्रालयले जनाएको छ । सीआईएनसँग कुराकानी गर्दै मन्त्रालयका प्रवक्ता डाक्टर हरिबहादुर केसीले आवश्यक परेको खण्डमा पशु प्राविधिकहरूलाई किसानसम्म पुग्ने व्यवस्था मिलाउने र अन्य समयमा टेलिफोनबाटै भए पनि प्राविधिक सरसल्लाह लिने व्यवस्था मिलाउन आफूहरू लागि परेको बताउनुभयो । पशुपालक किसानलाई प्राविधिक सरसल्लाहसँगै कृषिसम्बन्धी आवश्यक प्राविधिक सल्लाहका लागि पनि सजिलो हुनेगरी व्यवस्था मिलाउन पालिकाहरूसँग समन्वय भइरहेको मन्त्रालयको भनाइछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.