Websoft University

पूर्वी नाका मेची भन्सारबाट आयात निर्यात ठप्प



काठमाण्डौ बैशाख ५ गते । रातो तारा डट कम, नेपालको पूर्वी नाका मेची भन्सारबाट आयात निर्यात ठप्प भएको छ । कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयले जनाएको छ । बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन दिएको जानकारी नेपालस्थित मेची भन्सार कार्यालयलाई गराएको छ । अवस्था सामान्य नभएसम्म मेची नाकाबाट वस्तु निर्यात गर्न नसकिने भएको छ । भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको छ । लकडाउनको समयमा सो नाका भएर ग्यासका बुलेट, तरकारी, फलफूल जस्ता दैनिक उपभोग्य वस्तु आयात भइरहेको थियो, नाका बन्द भएसंगै उपभोग्य सामानको अभाब हुन सक्ने चिन्ता भएको रेडियो साथी झापाले खबर पठाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.