Websoft University

मेयरका स्वकीय सचिव त्रिभुषण गिरी दिनभर प्रहरी हिरासतमा


बिराटनगर । रातो तारा डट कम, प्रहरी इन्स्पेक्टरकी श्रीमती जिस्क्याएको आरोपमा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका स्वकीय सचिव त्रिभुषण गिरी दिनभर प्रहरी हिरासतमा थुनिनुपरेको छ ।

इलाका प्रहरी कार्यालय बेलवारीका इन्चार्ज इन्स्पेक्टर गुणराज बुढाथोकीकी श्रीमतीलाई जिस्क्याएको आरोपमा गिरीले बुधबार दिनभरि बेलबारी प्रहरीको हिरासतमा थुनिनुपरेको हो । विराटनगर बस्दै आएका गिरीले प्रहरीको श्रीमती जिस्क्याएको मौखिक उजुरी प्रहरीमा परेको थियो । त्यसबारे पहिले वडा प्रहरी कार्यालय विराटनगरमा प्रहरी र गिरीबीच छलफल भएको थियो ।

थप छलफलका लागि इलाका प्रहरी बेलबारीले गिरीलाई बोलाएपछि उनी बुधबार दिउँसो बेलबारी पुगेका थिए । आफंै छलफलका लागि पुगेका उनलाई इप्रका बेलबारीले दिनभरि हिरासतमा राखेर साँझ मात्र रोहवरमा छाडेको
थियो । प्रहरी स्रोतका अनुसार गिरीले विराटनगर महानगर बस्दै आएकी एक प्रहरी अधिकृतको श्रीमतीलाई सामाजिक सञ्जालको म्यासेन्जरमार्फत जिस्क्याएका थिए ।

आफूलाई जिस्क्याएको ती महिलाले म्यासेजको स्क्रिन सट देखाएपछि गिरीलाई बेलबारीका इन्स्पेक्टर बुढाथोकीले छलफलका लागि बोलाएका थिए । दिनभरि हिरासतमा राखेका गिरीलाई नेपाली कांग्रेसका पहुँचवाला जिल्ला नेता नागेश कोइरालाको रोहवरमा आइन्दा गल्ती नगर्ने सर्तमा साँझ प्रहरीले छाडेको थियो ।

गिरीले भने आफूमाथि लागेको आरोप निराधार भएको बताएका छन् । बुधबार बेलबारी प्रहरीले बोलाएपछि आफैं गएको बताउँदै उनले समस्या सामधान भइसकेको दाबीगरे । उनले आफ्नो इस्टाग्रामको आइडी कसैले दुरुपयोग गरेको बताए ।
छलफलमा सहभागी काँग्रेस नेताहरुका अनुसार वडा प्रहरीमा सामान्य छलफल हुँदा आपत्तिजनक म्यासेज देखिएको थिएन । तर पनि बेलबारीका इञ्चार्जले शक्तिको दुरुपयोग गर्दै गिरीलाई बोलाएर बिनाकारण थुनामा राखी मानसिक यातना दिएको आरोप ती नेताले लगाएका छन् ।

पहुँचवाला नेताहरुको आग्रहपछि साँझ प्रहरीले मोबाइलको सबै म्यासेज डिटिल गरेर मात्र गिरीलाई हिरासत मुक्त गरेको थियो । इप्रका बेलबारीका ईन्चार्ज इन्स्पेक्टर बुढाथोकीले भने महानगरका मेयरका स्वकिय गिरीसँग केही विवाद भएकाले सामान्य सोधपुछका लागि बोलाउँदा उनी आफैं बेलबारी आएको बताएर घटना गुमसुम बनाएका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.