काठमाण्डौ बैशाख ५ गते । रातो तारा डट कम,भक्तपुर नगरमा आजदेखि लकडाउन अर्थात बन्दाबन्दीलाई थप कडाइ गरेको छ । विस्का जात्रा अन्तर्गत भक्तपुरनगरभरि हुने सगुन जात्रालाई औपचारिकतामा सीमित गरिए पनि बन्दाबन्दी उलंघन हुनसक्ने सम्भावनालाई ध्यानमा राखी बिहानदेखि टोलटोलमा स्थानीय स्वयंसेवक परिचालन गरिएको छ । परिचालित स्वयंसेवकहरुले टोलटोलमा सरसफाइ, विजनाषक औषधि छर्केने र मानिसहरुलाई कोरना भाइरस बारे जानकारी पनि दिने गरिएको छ । स्थानीय जनप्रतिनिधी, सुरक्षाकर्मी र स्वयंसेवकको संयुक्त प्रयासमा बन्दाबन्दी पालना गराउन कडाइ गरिएको हो ।
Post a Comment