Websoft University

संघ र प्रदेशवीच समन्वय हुनुप¥यो ः सामाजिक विकास मन्त्री घिमिरे


विराटनगर, ४ वैशाख । रातो तारा डट कम, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शैक्षिक कार्यक्रम सञ्चालनमा संघीय सरकारले प्रदेश सरकारसँग समन्वय गर्न आवस्यक रहेको बताउनुभएको छ । संघीय सरकार र प्रदेश सरकारवीच समन्वय नहुँदा काममा दोहोरोपना आउने गरेको उहाँलेबताउनुभयो । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेट लगायतका विषयमा प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग आज विहान गरेको संवादमा उहाँले सो सुझाव दिनु भएको हो । 

प्राविधिक धारका विद्यालय छनौट संघीय सरकारबाट हुँदा सही बुझाई नभएको पाईएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘प्राविधिक धारको शिक्षालाई स्थापीत गर्ने प्रदेश सरकारको एक खालको कार्यक्रम छ, संघीय सरकारले समन्वय नगरि निर्णय गर्दा असजिलो भयो ।’ संघीय सरकारले निर्णय गर्दा प्रदेश सरकारसँग समन्वय गरेर मात्र गर्नुपर्ने मन्त्री घिमिरेको सुझाव छ । 

उहाँले मदन भण्डारी स्मृति प्रतिष्ठान उर्लाबारीले सिटिईभिटीको कक्षा सञ्चालन गरिरहेको अवस्थामा संघीय सरकारले दमकमा अर्को कक्षा सञ्चालन गर्ने निर्णय गर्दा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘उर्लाबारी र दमककै वीचमा समान प्रकृतिका कक्षा सञ्चालन त्यत्ति व्यवहारिक भएन ।’ 

प्रदेश सरकारले ते¥हथुमको म्याङलुङमा प्राविधिक शिक्षालाई स्थापना गर्ने सम्पूर्ण तयारी गरिरहँदा संघीय सरकारले ते¥हथुमकै आठराईमा अर्को शिक्षण संस्था सञ्चालनको तयारी गर्दा समन्वयको अभाव देखिएको उहाँले गुनासो गर्नुभयो । मन्त्री घिमिरेले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबारे प्रदेशका मन्त्रीहरुले सञ्चार माध्यमबाट थाहा पाउँदा प्रदेश सरकारको अस्तित्वलाई वेवास्ता गरेको अनुभुती भएको बताउनुभयो । नमूना विद्यालय छनौट र भवन निर्माणका लागि आउने वजेट र कार्यक्रमबारे समन्वय नभएको मन्त्री घिमिरेले बताउनुभयो । 

केन्द्रबाट विना मापदण्ड कार्यक्रम वितरण गरिने कुराले समस्या भएको मन्त्री घिमिरेको भनाई छ । सशर्त कार्यक्रमबारे नीतिगत रुपमा स्पष्ट हुन आवस्यक रहेकोमा उहाँले जोड दिनुभयो । अघिल्लो वर्षको नीति तथा कार्यक्रममा विद्यालय मर्ज गर्ने नीति लिए पनि प्रभावकारी नभएकोले कार्यन्वयनमा जोड दिनुपर्ने मन्त्री घिमिरेले बताउनुभयो । 

तराई क्षेत्रमा विद्यालय संख्या घटाउनु पर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो,‘ तराईमा ३ हजार देखि  ५ हजार सम्म पढ्ने क्षमता भएको विद्यालयको विकास गर्नुपर्छ, तराईमा गाडी र पहाडमा होस्टलको प्रवन्ध गरिनु पर्छ ।’ मन्त्री घिमिरेले प्रदेश १ का ९० प्रतिशत विद्यालयले देशव्यापी लकडाउन शुरु हुनुअघि नै कक्षा १ देखि ९ सम्मको परिक्षा लिईसकेकाले विद्युतिय माध्यमबाट नतिजा प्रकाशन गर्न अनुमति दिनु पर्ने उहाँले बताउनुभयो । 

नतिजा प्रकाशन गरेपनि भर्ना भने रोक्नुपर्ने उहाँको सुझाव छ । एसईई परिक्षा लकडाउन खुलेको निश्चित अवधि भित्रमा हुने भनेर सूचना दिन आवस्यक रहेको उहाँले बताउनुभयो । कोभिड १९ र शैक्षिक शत्र आ.व. २०७७ ०७८ को नीति तथा कार्यक्रम र वजेट लगायतका विषयको ई–मिटिङमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, ७ वटै प्रदेशका सामाजिक विकास मन्त्री, मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.