Websoft University

सुन्दरहरैचामा कोरोना भाइरसको दु्रत परीक्षण आरडिटी टेस्ट सुरु


शिव भट्टराई, मोरङ बैशाख ५गते । रातो तारा डट कम,सुन्दरहरैचामा विदेशबाट आएका व्यक्तीहरु साथै विभिन्न खालका स्वास्थ्य समस्या भएकाको स्वास्थ्य परीक्षण गर्न शुरु गरेको छ ।

नगरले र्‍यापिड डाइग्नोस्टिक टेष्ट मार्फत विदेशबाट आउने नागरिकको स्वास्थ्य परिक्षण गर्न शुरु गरेको हो । नगरले २१७ जना व्यक्तीहरुलाई उक्त र्‍याफिड टेष्ट मार्फत स्वास्थ्य परिक्षण गर्न लागेको हो ।

विदेशबाट आएकाको परिक्षण गरि सकेपछि नगर भित्र बसोबास गर्नेको समेत परीक्षण गरिने नगरप्रमुख शिव प्रसाद ढकालले बताए ।

वडा नं १ मा ७ जना, वडा नं २ मा २३ जना, वडा नं ३ मा ९ जना, वडा नं ४ मा १५ जना , वडा नं ५ मा ६ जना, वडा नं ६ मा ८ जना, वडा नं ७ मा ३१ जना, वडा नं ८ मा ३० जना, वडा नं ९ मा २० जना, वडा नं १० म १५ जना, वडा नं ११ मा ९ जना, वडा नं १२ मा २८ जना र वडा नखुलेको १६ जना गरि २१७ जनाको स्वास्थ्य परिक्षण गरिने नगरपालिकाले जनाएको छ ।

नगरले साविक सुन्दरदुलारी नगरपालिकाका सबै वडामा आज देखि परिक्षण शुरु गरेको छ भने साविक कोशीहरैचा नगरपालिकाका वडाहरुमा भने आइतबारबाट शुरु गर्ने नगरपालिका स्रोतले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.