Websoft University

स्वास्थ्यकर्मी माथि भएको आक्रमणकाे घोर भर्त्सना


बिराटनगर बैशाख ५ गते । रातो तारा डट कम,काेराेना भाईरसले विश्व आक्रन्त बनाई रहेकाे यस विषम परिस्थितिमा काेराेना भाईरस Covid19) काे उपचार, राेकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीको सरकारले सुरक्षाकाे प्रबन्ध मिलाउनु पर्ने भएको छ ।

सुरक्षाकर्मीले त्रि. बि. शिक्षण अस्पताल महाराजगन्जका  चिकित्सक माथि खाना खाएर फर्कने क्रममा डिउटीमै रहेको अबस्थामा परिचय पत्र देखाउँदा देखाउँदै निर्ममता पूर्वक कुट पिट गरिएको, साथै धरान उप महानगरपालिका अन्तर्गत बिष्णुपादुका हेल्थपोष्टमा कार्यरत हेल्थअशिष्टेण्ट चन्द्रप्रकाश खनाललाई Corona virus नियन्त्रणको शिलसिलामा डिउटीमा रहेको अबस्थामा परिचय पत्र देखाउँदा देखाउँदै  प्रहरीको लाठीले स्वास्थ्यकर्मी चिन्दैन भन्दै अनाहकमा कुटपिट गरेको घटनाले हामी तमामाा रहेका र स्वास्थ्यकर्मीहरु मर्माहत भएका छौ ।

अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंध  स्वास्थ्यकर्मी माथि भएको आक्रमणकाे  घोर भर्त्सना एबम् निन्दा गर्दछोै भनिएको छ।  साथै दोषी उपर कडा कार्बाहीको माग सहित घाईते स्वास्थ्यकर्मीलाई उपचार र उचित क्षतिपूर्ती दिलाउनका साथै स्वास्थ्यकर्मी माथि यस्ता किसिमका दुर्व्यवहार नहुने सुनिश्चित गर्न सरकार सग माग  गर्दछोैै भनिएको छ। 

अन्यथा ज्यानको बाजि लगाएर कोरोना भाईरस Covid-19को नियन्त्रणमा अहोरात्र खटिने स्वास्थ्यकर्मीहरु माथि पुनः यस्तै प्रकृतिका घटना दोहोरिएमा  स्वास्थ्य सेवा प्रवाहमा अवराेध आउन सक्ने भएकोले तुरुन्त समस्या समाधान तर्फ ध्यान केन्द्रित गर्न अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंध नेपालले बिज्ञप्ति मार्फत सरकार समक्ष जोडदार माग गर्दछ ।
                                 अन्जना पाेख्रेल
                              (केन्द्रीय उपाध्यक्ष)                                                                

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.